२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँ : परराष्ट्रमन्त्री राणा



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएको बताउँदै भोलिको पुस्ताका लागि पनि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह गरेकी छिन्।

परराष्ट्रमन्त्री राणाले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुँदै भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् ।

ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको धारणा राखिन् ।

जलवायु परिवर्तनको असर विशेषगरी हिमाली क्षेत्रका अतिरिक्त महिला र बालबालिकामा समेत परेकाले यी विषयमा व्यापक मात्रामा अनुसन्धान गरी आवश्यक तथ्य र सूचनाका आधारमा समाधानका उपायहरु अवलम्बन गर्नुपर्ने मन्त्री डा राणाले बताइन् ।

मन्त्री डा राणाले भनिन्, “प्रभावित क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न त्यहाँका समुदाय लक्षित कार्यक्रम तत्कालै थाल्नुपर्छ, यो असर हाम्रो देशमा मात्र नभएर हिमालयन क्षेत्रमा अवस्थित देशहरुमै भइरहेकाले सबै सामूहिक रुपमा लाग्नुपर्छ ।”

हिमाली क्षेत्रमा हिमाल पग्लिने, हिमनदी बढ्ने र हिमताल फुट्ने, भीषण बर्षा हुने र बाढी आउने गरेको बताउँदै मन्त्री डा राणाले जलवायु परिवर्तनबाट हिमाली क्षेत्र बढी जोखिममा परेकाले सो क्षेत्रलक्षित कार्यक्रमहरु सुरु गर्न अन्तर्राष्ट्रिय समुदायले ढिला गर्न नहुने तर्क गरिन् ।

जलवायु परिर्तनबाट उत्पन्न हुने र भइरहेको प्रभाव सीमाविहीन हुने भएकाले यसको असर कम गरेर हिमालको भविष्य बचाउन र यसमार्फत् समग्र मानव सभ्यताकै संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदाय नै लाग्नुपर्ने उनको भनाई थियो ।

मन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायलाई हिमालय क्षेत्रको अस्तित्व र भविष्य जोगाउनका लागि लागिपर्न आग्रह गर्दै नेपाल सरकारले ‘सगरमाथा सम्वाद’ कार्यक्रम आयोजना गर्ने तयारी थालेको जानकारी दिइन् ।

जलवायु परिवर्तनबाट नेपाल र नेपालजस्ता हिमालय क्षेत्रका देशहरुले भोग्नुपरिरहेका समस्याको अध्ययन गरी विश्व समुदायको ध्यानाकर्षण गराउन र जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्ने उपायहरुको खोजी गर्न नेपालले यो कार्यक्रम गर्न लागेको जानकारी पनि उनले दिइन ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ८ : १६ बजे

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान

व्यवसायी शेखर गोल्छा पुनः पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन् ।

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई