५ श्रावण २०८३, मंगलबार | July 22, 2026

होटललाई उद्योग सरहको मान्यता दिन्छौँ : उपप्रधानमन्त्री पौडेल



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटोको रुपमा रहेको होटल व्यवसायलाई उद्योग सरह मान्तया दिलाउन पहल गर्ने बताएका छन् । क्यापिटल नेपालले आज यहाँ आयोजना गरेको होटेलियर समिटमा उनले सरकारले होटलको लगानीलाई उद्योग सरहको सुविधा दिने विश्वास दिलाए ।

उपप्रधानमन्त्री पौडेलले विगतमा आफू अर्थमन्त्री भएको बेला बजेट वक्तव्यमा होटललाई उद्योगको मान्यन दिने विषय उल्लेख गरेको भए पनि आफू सरकारबाट बाहिरिएपछि त्यसको कार्यान्वयन नभएको बताए । “म आफैले बनाएको बजेटमा होटललाई उद्योगको मान्यता दिने भनेर समावेश गरेको थिए, बजेट कार्यान्वयन गर्न नपाउँदै सरकारबाट बाहिरिनुपर्‍यो । अहिले उपयुक्त समय आएको छ”, उनले भने, “वर्तमान सरकारले होटललाई उद्योग सरहको मान्यत र उद्योग सरहको सुविधा दिन्छ । बरु के–कस्ता सुविधा दिन सकिन्छ, सरोकारवाला व्यवसायीसँग छलफल गरेर प्राप्त सुभावको आधारमा अघि बढ्छौँ ।”

उपप्रधानमन्त्री पौडेलले नेपाल पर्यटन बोर्डलाई गतिशील र प्रभावकारी बनाउन जरुरी भएको बताउँदै भने, “पर्यटन बोर्डको भूमिका प्रभावकारी बनाउन जरुरी छ, कार्यकारी प्रमुख छनोट भएको छ, अब कुन–कुन विषयमा सुधार गर्नुपर्ने हो, त्यसअनुरुप सरकारले ठोस कदम चाल्नेछ”, उनले भने ।

उपप्रधानमन्त्री पौडेलले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा निजगढमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अहिलेको अपरीहार्य भएको उल्लेख गरे । “गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर सरकारले राम्रो काम गरेको छ”, उनले भने, “अब, यो विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको उपस्थितिमा पटककट विभिन्न छलफल र परामर्श भएको छ, पर्यटन प्रवर्द्धनका निम्ति दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु अपरिहार्य भइसकेको छ ।”

पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले पर्यटन प्रवर्द्धनका लागि अन्तर निकायबीच प्रभावकारी समन्वय र सहजीकरण गरिने विश्वास व्यक्त गरे । कार्यक्रममा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधारको भरपुर उपयोग हुनेगरी पर्यटन आकर्षणकका विभिन्न कार्यक्रम ल्याइनुपर्ने खाँचो औंल्याए ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रचण्डमान श्रेष्ठ, होटल सङ्घका पूर्व अध्यक्ष भवानी राणालगायतले नीतिगत र संरचनागत सुधार गरेर लगानीमैत्री वातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  १० : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं