१३ माघ २०८२, मंगलबार | January 27, 2026

भोलि (सोमबार) देशैभर मुस्लिम धर्मालम्बीहरुका लागि सार्वजनिक बिदा



नेपालगन्ज । सरकारले मोहम्मद दिवसको अवसरमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा सरकारले देशभरका मुस्लिम धर्मालम्बीहरुका लागि सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै भोलि सोमबारका दिन इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मुस्लिम धर्मालम्बीहरुका लागि मात्र बिदा दिने निर्णय भएको जनाएको छ । राष्ट्रिय मुस्लिम आयोगबाट भाद्र ३१ गते सोमबार मोहम्मद दिवस परेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सूचनामा राजपत्रमा मोहम्मद दिवसका दिन बिदा दिने जनाईए बमोजिम सोमबार बिदा दिने निर्णय भएको जनाइएको छ ।

मुस्लिम धर्मावलम्बीका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा सो धर्मावलम्बीले हरेक वर्ष मोहम्मद दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् । विश्वभर भोलि १४९९औँ मोहम्मद जयन्ती मनाइँदैछ ।

मोहम्मद दिवसका दिन मुस्लिम समुदायले जुलुस निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संम्वतको रवि अव्वल महिनामा साउदीअरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मद जयन्तीलाई इद मिलादुनन बी र १२ रबी अव्वल पनि भन्ने गरिन्छ ।

नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद डे भनेर पनि मनाउने गरेका नेपालगन्जका मुस्लिम अगुवा मोबिन हिमालयले बताए ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १० : २३ बजे

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी