२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

तिलोत्तमाको वनवाटीकामा असोज १ र २ गते नेपाल सर्प महोत्सव हुने



बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल सर्प महोत्सव हुने भएको छ । आगामी असोज १ र २ गते तिलोत्तमा स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा नेपाल सर्प महोत्सव हुन लागेको हो ।

मानव र सर्प बीच सह अस्तित्व प्रबद्र्धन भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको सर्प विज्ञ कमल देवकोटाले जानकारी दिए । २ दिने सम्म चल्ने महोत्सव सर्पको अवलोकन, मानव सर्प द्वन्द्व न्यूनिकरण, सर्पदंश व्यवस्थापन र सर्प संरक्षणको महत्वमा केन्द्रीत हुने उनको भनाई छ ।

करिव ५ लाख खर्च अनुमान गरिएको महोत्सवमा फोटो प्रदर्शनी, डकुमेन्ट्री प्रदर्शन, विभिन्न सचेतनाका स्टल, सर्प संग्रालय नमुनाको प्रदर्शन, सांस्कृतिक नृत्य प्रदर्शन, कला प्रदर्शनी, सर्प समाउने र उद्धार गर्ने तरिकाको प्रदर्शन गरिने उनले बताए ।

म्होत्सवमा गोमन र करेत दुई विषालु सर्प प्रदर्शनीमा राखिनेछ भने पाईथन र धामन अविषालु सर्प पनि महोत्सवमा प्रदर्शनमा राखिनेछ । महोत्सवको स्थानिय आयोजना शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र रहेको छ ।

तिलोत्तमा नगरपालिका, डिभिजन बन कार्यालयको सहयोगमा हुने महोत्सवको सवै तयारी पूरा भएको शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले बताए ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले सर्पबाट बच्च र सर्पलाई बचाउने दुवै उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ८ : ०१ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा