११ श्रावण २०८३, सोमबार | July 27, 2026

तिलोत्तमाको वनवाटीकामा असोज १ र २ गते नेपाल सर्प महोत्सव हुने



बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल सर्प महोत्सव हुने भएको छ । आगामी असोज १ र २ गते तिलोत्तमा स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा नेपाल सर्प महोत्सव हुन लागेको हो ।

मानव र सर्प बीच सह अस्तित्व प्रबद्र्धन भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको सर्प विज्ञ कमल देवकोटाले जानकारी दिए । २ दिने सम्म चल्ने महोत्सव सर्पको अवलोकन, मानव सर्प द्वन्द्व न्यूनिकरण, सर्पदंश व्यवस्थापन र सर्प संरक्षणको महत्वमा केन्द्रीत हुने उनको भनाई छ ।

करिव ५ लाख खर्च अनुमान गरिएको महोत्सवमा फोटो प्रदर्शनी, डकुमेन्ट्री प्रदर्शन, विभिन्न सचेतनाका स्टल, सर्प संग्रालय नमुनाको प्रदर्शन, सांस्कृतिक नृत्य प्रदर्शन, कला प्रदर्शनी, सर्प समाउने र उद्धार गर्ने तरिकाको प्रदर्शन गरिने उनले बताए ।

म्होत्सवमा गोमन र करेत दुई विषालु सर्प प्रदर्शनीमा राखिनेछ भने पाईथन र धामन अविषालु सर्प पनि महोत्सवमा प्रदर्शनमा राखिनेछ । महोत्सवको स्थानिय आयोजना शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र रहेको छ ।

तिलोत्तमा नगरपालिका, डिभिजन बन कार्यालयको सहयोगमा हुने महोत्सवको सवै तयारी पूरा भएको शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले बताए ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले सर्पबाट बच्च र सर्पलाई बचाउने दुवै उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ८ : ०१ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न