१८ भदौ २०८३, बिहिबार | September 3, 2026

खुला सीमाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्नुपर्नेमा जोड

खुद्रा किराना व्यवसायी सङ्घको १८ औँ वार्षिक साधारणसभा



बुटवल । खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देही बुटवलको १८ औँ वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दे उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय बस्तु बिक्रीको दायित्व व्यापारीहरूको रहेको भन्दै दायित्वलाई जिम्मेवारी पूर्वक लिनुपर्ने बताए ।

उनले खुल्ला सिमानाका कारण व्यापारीहरूलाई पर्ने गरेको असर बारे आफू जानकार रहेको भन्दै उपभोक्ता स्वयमलाई यस बारे चेतना जगाउनु पर्ने बताए ।
सङ्घका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले खुल्ला सीमा नाकाबाट हुने अवैध व्यापारले नेपाली व्यापारीहरू धराशायी भएको बताए । उनले राज्यको झन्झटिलो कर नीति, अवैज्ञानिक घर भाडा वृद्धि, बिचौलियाको नियन्त्रण नहुनुले पनि खुद्रा किराना व्यापारीहरू विस्थापित हुनुपर्ने अवस्था आउन थालेको बताए ।

घुमन्ते व्यापारी, विद्युतीय व्यापार तथा हाटबजार जस्ता कारण खुद्रा किरानाको व्यापार घटेको भन्दै यसले व्यापारी व्यवसायमा वितृष्णा जाग्ने गरेको बताए । साथै उनले सिमानाबाट हुने अवैध व्यापार चोरी निकास क म गर्न भन्सार, राजश्व कार्यालय सँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा कोषाध्यक्ष टिकाराम शर्माले आयव्यय प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जि.सीले नाफा कमाउने बहानामा उपभोक्तालाई महँगो शल्य लिन नहुने बताए । रुपन्देही उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली बुटवल उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष वसन्त ढकाल रुपन्देही व्यापार सङ्घ अध्यक्ष विष्णु ढकाल,घर भाडा सरोकार सङ्घ रुपन्देहीका अध्यक्ष राजु लिगल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भटराई यस्तै सङ्घका संस्थापन अध्यक्ष टिकाराम गैरे, निवर्तमान अध्यक्ष मोहन बस्याल पूर्व अध्यक्षहरू केशव कँवर, ज्ञान प्रसाद न्यौपाने,सल्लाहकार कृष्णप्रसाद पाण्डेय लगायत बोलेका थिए ।

कार्यक्रम वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद न्यौपानेको स्वागत तथा महासचिव दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । धन्यावाद राधा भुसालले गरेकी थिइन ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ८ : १७ बजे

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री