२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपाल निर्माण उद्योग परिषद लुम्बिनीको पदस्थापन



बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटी को पदस्थापन भएको छ । यहीँ भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो ।

आइतबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले भौतिक विकास र निर्माणको क्षेत्रमा प्रदेश सरकारले काम गर्ने बताए । उनले देश विकासको उद्योग परिषदको ठूलो भूमिका रहेको चर्चा गरे ।

त्यस्तै कार्यक्रममा नेपाल निमाण उद्योग परिसदका केन्द्रीय अध्यक्ष बलिभद्र रानाले आफनो काम सहित पार्टीको संगठन बनाउन लाग्नुपर्ने बताए । उनले आउदो निर्वाचनमा पार्टीलाई पहिलो शक्ति सहित उभ्याउन सबै क्षेत्रमा व्यवसायी पनि लाग्नुपर्ने बताए । रानाले त्यसको लागि सदस्यता बिस्तारमा जुटन समेत रानाले आग्रह गरे ।

नव निर्वाचित अध्यक्ष नारायण भुसालले व्यवसायीका समस्या पहिचान गर्न पार्टीलाई आग्रह गरे । नेपाल निर्माण उद्योग परिषदका केन्द्रको टिमलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल निर्माण उद्योग परिषदका केन्द्रीय उपाध्यक्ष मन्जु भुसाल, एमाले जिल्ला युवा नेता गोपाल राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे लगायतले बोलेका थिए । कायक्रमको सञ्चालन महासचिव जबिन कक्षपतीले गरेका थिए ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ९ : २० बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न