२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रदेशका स्वास्थ्य सुचकांक सुधारमा सबै लागौं : स्वाथ्यमन्त्री शारु



बुटवल । लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री खेम बहादुर शारुले प्रदेशमा मातृ मृत्युदर उच्च रहेको भन्दै यसलाई न्यूनिकरणको लागि प्रदेश सरकारले विशेष कार्यक्रम अघि बढाउने बताएका छन । विभिन्न अध्यायन प्रतिवेदन अनुसार प्रदेशमा मातृ मृत्युदर बढि रहेको पाइएकोले प्रदेशको सबै संयन्त्र यसमा परिचालन भई मातृ मृत्युदर न्यूनिकरणमा लाग्ने बताएका हुन ।

यसको लागि प्रदेश सरकारको एकल मन्त्रालयबाट मात्रै संभव नभएको भन्दै मन्त्री शारुले सबै पालिका, तहका वीचमा सहकार्य, समन्वय जरुरी रहेको यसमा मन्त्रालय मातहतका कार्यालयहरुले उच्च भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

स्वाथ्य कार्यालय रुपन्देहीको आयोजनामा आर्थिक वर्ष २०८०्०८१ मा सम्पादित जिल्ला स्तरिय वार्षिक समिक्षा कार्यक्रमलाई तिलोत्तमा ड्राईभर टोलमा सम्बोधन गर्दै मन्त्री सारुले स्वाथ्य क्षेत्र सबैभन्दा गम्भिर र संवेदनशिल भएको भन्दै यसमा सबै निकाय सचेतनापुर्वक सजग भएर योजनाबद्ध रुपमा लाग्नुपर्ने मन्त्रीले बताए । ‘प्रदेशमा मातृ मृत्युदर, मानसिक रोग लगायतका नसर्ने रोग समस्याको रुपमा अगाडी बढेको छ, यसलाई न्युनिकरण गर्नको लागि सबै निकाय गम्भिरतापूर्वक लाग्नुपर्छ’उहाँले भन्नुभयो,‘हामी सरकारले के कस्तो सहयोग, सहजीकरण गर्नुपर्ने हो तयार छौं ।’

स्वास्थ्यका विभिन्न सूचकांक सुधार गर्न सकेमा मात्रै प्रदेश सरकारको सफलता देखिने भन्दै मन्त्री शारुले यसको लागि प्रदेशका सबै निकायले पूर्ण क्षमताका अनुसार लक्ष्य निर्धारण गरेर अगाडी बढ्नुको विकल्प नभएको बताए । कर्मचारी र मातहतका निकायलाई निर्देशन दिदै मन्त्री शारुले भने– ‘स्वाथ्य सूचकांक सुधार हुनु भनेको प्रदेश सरकारको सफलता हो, मन्त्रीको पनि सफलता हो, यसमा सबैभन्दा बढि तपाई काम गर्ने निकायको सफलता हो, त्यसकारण यसमा गम्भिर भएर लाग्नुपर्दछ ।’

स्वाथ्य क्षेत्रमा अहिले पनि सेवा गर्ने निकायको रुपमा रहेको भन्दै मन्त्री शारुले साहेव भन्दा पनि सेवक’ भएर काम गर्नको लागि कर्मचारीहरुलाई निर्दिष्ट गरेका छन । कार्यक्रममा प्रदेशको स्वाथ्य मन्त्रालयका सचिव डा। बासुदेव उपाध्यायले स्वाथ्य क्षेत्र सुधारको लागि प्रदेश सरकारको एकल प्रयासबाट मात्रै संभव नभएको भन्दै यसमा तीन वटा तहको सहकार्य जरुरी रहेको बताए ।

प्रदेशले योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने काम पालिका, प्रदेश मातहतका कार्यालयहरुको रहेको भन्दै उनले लक्ष्य अनुसार काम गर्नुपर्नेमा जोड दिए । समिक्षा कार्यक्रममा प्रदेश स्वाथ्यआपूर्ती केन्द्र बुटवलका प्रमुख डा। राजेन्द्र गिरी, प्रदेश जनस्वाथ्य प्रयोगशाला बुटवल तामनगरका प्रमुख राजेश कुमार गुप्ता, भिम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डा। शकुन्तला गुप्ता लगायतले आ आफ्नो भनाई राखेका थिए ।

स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख भेषराज शर्माले स्वाथ्य क्षेत्रमा जिल्लास्तरमा भएका कार्यक्रम बारेमा प्रकाश पारेका थिए । उनले जिल्लाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश सरकारले गर्ने योजना, कार्ययोजनाको विषयमा प्रकाश पारे ।

कार्यालयका क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारीको स्वागत तथा ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । दुई दिन सम्म चल्ने समिक्षा गोष्ठीमा जिल्लाका १६ वटा पालिकाका स्वाथ्य शाखा प्रमुख तथा प्रतिनिधी, अन्य स्वाथ्य क्षेत्रसँग सम्बन्धीत निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ९ : ३० बजे

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य