२१ आश्विन २०८३, बुधबार | October 7, 2026

संवैधानिक परिषदको बैठक आज बस्दै



काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ ।  आज साँझ ५ बजेका लागि बोलाइएको बैठकले प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना रहेको छ । यस अघि शुक्रबार बसेको बैठकमा नयाँ प्रधानन्यायाधीश शिफारिस बारे छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका छन् ।

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ ९३० बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् । सिफारिस मध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ९ : ३८ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ

उपसभापतिका उम्मेदवार देवराज चालिसेले पनि लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन

कांग्रेस महाधिवेशन : सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान