१३ माघ २०८२, मंगलबार | January 27, 2026

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण



काठमाडौँ । नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय रुपैयाँ बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “शनिबार कलङ्की–नागढुङ्गा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँच गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो ।”

बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल २८ थान अन्दाजी मूल्य रु दुई लाख, काजु २६ बाल्टिन र एक प्याक गरी दुई सय ८० किलोको अन्दाजी मूल्य रु दुई लाख ८० हजार रहेका छन् ।

यसैगरी खाने बदाम एक प्याक (एक बोरा अन्दाजी २० किलो) अन्दाजी मूल्य रु २० हजार, रोलको कपडा भएको बोरा थान चार (अन्दाजी सात सय मिटर)को अन्दाजी मूल्य रु एक लाख १८ हजार पाँच सय, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान (एक ठूलो एक सानो)को अन्दाजी मूल्य रु १० हजार तथा फेन्सी कपडा भएको बोरा पाँच थान (कुर्ता सरवाल सेट दुई सय १३ थान, टप्स सेट ३६ थान, टप्समात्र थान २१ थान)को अन्दाजी मूल्य रु ६८ हजार गरी जम्मा रु छ लाख ९६ हजार पाँच सय बराबरको रहेका प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ९ : ५६ बजे

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु