२० मंसिर २०८२, शनिबार | December 7, 2025

आइसीसी क्रिकेट विश्वकप लिग-२ : ब्याटिङ नचल्दा क्यानडासँग नेपाल १०३ रनले पराजित



काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नेपालले क्यानडासँग फराकिलो हार बेहोरेको छ । नेपाल, घरेलु टोलीसँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

किङ सिटी स्थित माप्ले लिफ नर्थ वेस्ट ग्राउन्डमा रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । केही सुस्त सुरुवात गरेको क्यानडाविरुद्ध नेपालले सातौँ ओभरमा पहिलो सफलता प्राप्त गरेको थियो ।

ललित राजबंशीले दश रन बनाएका आरोन जनसनलाइ क्याचआउट गरे । प्रगात सिहं १७ रनमा संदिप लामिछानेको वलमा पवेलियन फर्किए । नभनित धालिवाल ४८ रन जोड्दै मैदान बाहिरिए । हर्ष थाकरले २७ र श्रेयस मोवाले चार रन जोडे । दिलोन हेलिगले ३० रन बनाएका थिए । कप्तान निकलस क्रितनले आक्रमक ब्याटिङ गर्दै ४४ वलमा अविजीत ७३ रनको योगदान गरेपछि क्यानडाले ५० ओभरमा आठ विकेट गुमाउदै २ सय ५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।

सोमपाल कामी र ललितले समान २/२ विकेट लिए । सन्दिप , गुल्सन झा र रोहित पौडेलले १/१ विकेट बाँडे । जवाफमा नेपालको ब्याटिङ पूर्ण रुपमा असफल भयो । ओपनर कुशल भुर्तेल एक र र आसिफ शेख २० रनमा आउट भए । रोहितले मात्र ५ रन जोडे । नेपालका कुनै पनि खेलाडीबीच लामो साझेदारी हुन सकेन् । भिम सार्की १८, दिपेन्द्र सिंह ऐरी ८, कुशल मल्ल १२ र सोमपाल कामी ६ रनमा पवेलियन फर्किए । सन्दिप लामिछानेले २२ र गुल्सन झाले १५ रन बनाएका थिए ।

करण केसीले बनाएको २७ रन नेपालको इनिङसको उच्च रन रह्यो । नेपाल ४० दशमबल एक ओभरमा १ सय ५० रनमा अल आउट भएको थियो । नेपालले १६ रन अतिरिक्त पायो । उत्कृष्ट बलिङ गरेका हेलिगले दश ओभरमा ३१ रत खर्चिएर पाँच विकेट लिए । अखिल कुमार र अंश पटेलले दुइ दुइ तथा साद विन जफरले एक विकेट लिए ।

जारी लिग टु मा नेपालको यो पहिलो अवे सिरिज हो । लगातार तेस्रो हार बेहोरेको नेपालको पाँच खेलबाट मात्र दुइ अंक छ । क्यानडाले भने चार खेल देखीको जीतविहीन यात्रामा पूर्णविराम लगाएको छ । नेपालले अब भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ७ : २९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल