७ आश्विन २०८३, बुधबार | September 23, 2026

बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाइने



काठमाडौं । नेपाल सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रीपरिषदको बुधबार बसेको बैठकले बैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । याक तथा चौरीको संरक्षण एंव राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस मनाउने निर्णय गरिएको जानकारी दिए ।

याक दिवसको घोषणाले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिनसक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको मन्त्री अधिकारीले बताए ।

जङ्गली याकसँग स्थानीय गाईको क्रस गरी घरपालुवा चौरीको विकास गरिने भएकाले याकको संरक्षण चौरी उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा-३ फयाट्टी एसिडको स्रोत रहेको, याकको दहि प्रसिद्ध दूग्ध परिकारको रूपमा रहेको, याकको दुधवाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको छ ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सूचिमा उल्लेख गरेको छ । याक अनुवांशिक स्रोत केन्द्रले २०८० साल बैशाख ७ गते आफनो ५० औँ स्थापना दिवस स्वर्ण जयन्तीको रूपमा मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र सम्वर्द्धनका लागि बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ७ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई