२० मंसिर २०८२, शनिबार | December 6, 2025

समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ : झलनाथ खनाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न समाजवादको कार्यान्वयन हुनुपर्नेमा जोड दिए। जनता र राष्ट्रका समस्याहरू पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै उहाँले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।

देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सङ्कट गहिरिएकाले राष्ट्रियतामाथिको सङ्कट देखापरेकामा चिन्ता व्यक्त गर्दै नेता खनालले भने, “वर्तमान संविधान जारी भएपछिका यी नौ वर्षमा आठवटा नीति तथा कार्यक्रम, नौवटा वार्षिक बजेट र दुईवटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकाङ्क्षा सम्बोधन हुन सकेको छैन । देशको पछिल्लो परिस्थितिले जनतामा निराशा सिर्जना भएकाले आगामी दिनमा सबैको सहकार्यबाट संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” पूर्वप्रधानमन्त्री खनालले संविधानका प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै संविधानलाई पश्चगमनतर्फ लैजानबाट रोक्न आग्रह गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १ : ११ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति