८ पुस २०८२, मंगलबार | December 23, 2025

यूजी ग्रुप बुटवलद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । संविधान दिवसको अवसरमा यूजी ग्रुप बुटवलले विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा १६२ यूनिट रक्त संकलन भएको ग्रुपका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

कार्यक्रमका अवसरमा बोल्दै ग्रुपका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि राजु गुरुङले अस्पतालको शैय्यामा जीवन मरणको दोसाधमा छटपटाएका व्यक्तिलाई रगत दिएर प्राण बचाउने काम आफैमा पूण्यको काम भएको बताए । उनले जनजीविकासँग सम्बन्धित काम गर्न युवाहरुलाई आग्रह गरे । यसैगरी युवाहरु विदेश पलायनलाई रोक्न यूजी ग्रुपका सदस्यहरुलाई मुलुक भित्रै सम्भावना छ भन्ने उदाहरणीय कार्यहरुमा सहभागी हुन पनि आग्रह गरे । उनले मुलुकको व्यवस्थामा भएका कमजोरीहरुलाई परिवर्तन गर्नका लागि पनि युवा शक्तिलाई एकतावद्ध गर्न आवश्यक रहेको बताए ।

राजनीतिक दलहरुले पनि पुनस् विचार गर्न आवश्यक रहेको बताउँदै उनले व्यवस्थामा भएका कमजोरीहरुलाई बेलैमा सुधार गर्नुपर्नेमा जोड दिए । हरेक क्षेत्रमा युवाहरुको हस्तक्षपकारी भूमिका आवश्यक रहेको बताउँदै उनले परिवर्तनका लागि ठिकलाई ठिक र बेठिकलाई बेठिक भनेर उभिन सल्लाह दिए । कुनै चर्चा र सामाजिक सञ्जालमा चर्चित हुनका लागि मात्र नभई जनजीविकासँग जोडिन आग्रह गर्दै उनले कुनै स्टनवाज नगरी जनतासँग जोडिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले युवाहरु एक भएर सामाजिक अभियानमा लाग्न आह्वान गरे । मुलुकमा बसेर अब केही हुँदैन भनेर निराश हुने प्रवृत्तिलाई अन्त्य गरेर सम्भावना र अवसरहरु देश भित्रै छन् भन्ने उदाहरण पेश गर्न जोड दिए । यसैगरी मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले सामाजिक सेवामा युवाहरुको सहभागिता स्वागतयोग्य रहेको उल्लेख गरे ।

सहसचिव यम बराल (सानु)को सञ्चालन तथा सदस्य जीवन गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको सचिव अर्जुन केसीले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : २० बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक