२७ भदौ २०८३, शनिबार | September 12, 2026

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न



बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा शसक्त बालिका परियोजना अन्तर्गत गुलरिया नगरपालिका मातहतका ४६ वटा सामुदायिक बिद्यालयका शिक्षकहरुबीच अन्तरक्रियात्मक तालिम संचालन गरिएको छ ।

शिक्षकहरुलाई बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि तालिम संचालन गरिएको बाँके युनेस्को क्लवले जनाएको छ । बिद्यार्र्थीहरुको मानसपटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, बिद्यार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाईसहितको उद्देश्य सहित अन्तरक्रियात्मक तालिम संचालन गरिएको क्लवका संरक्षक प्रवेजअलि सिद्दिकीले बताए ।

तालिमको सहजिकरण मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल तथा ठाकुरबाबा नगरपालिकाका शिषु बालमन्दिरका प्रधानाध्यापक शंकर प्रसाद आर्चायले गरेका सथए । तालिममा बाँके युनेस्को क्लवका परियोजना कार्यक्रम अधिकृत इृश्वर बि.क, अनुगमन तथा मुल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड सुपरभाईजर भगवती बि.कको समेत उपस्थिती रहेको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै तालिमका सहभागी सुजना भुषालले यस कार्यशाला गोष्ठी अतिनै उपलब्धिमुलक रहेको बताइन् । परियोजनाले बिद्यालयको शैक्षिक गुणस्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृत्व विकास र अध्ययन रुचीमा सहयोग पुगिरहेको उल्लेख गर्दै उनले पालिकाले यस्ता खालका क्षमता अभिबृद्धि कार्यक्रमहरुलाई निरन्तरता दिन माग गरिन् ।

शिक्षिका सरला रेग्मीका अनुसार बिद्यालयमा बिद्यार्थीको अत्याधिक संख्या रहेको तर सो अनुसार शिक्षकको व्यवस्थापन नगर्दा शिक्षकहरु मर्कामा परेको हिभागीहरुले गुनासो गरेका थिए । शिक्षक ब्यवस्थापन हुन नसकेका कारण मुल्याङ्कन पद्धतिलाई पुर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्थामा अभिमुखीकरण कार्यक्रमले सहज हुने शिक्षिक रेग्मीको बिश्वास रहेको छ । उनले बिद्यार्थी अनुसारको शिक्षकको व्यवस्थापन लागि गुलरिया नगरपालिकाले ध्यान पुराउनु पर्ने बताइन् ।

तालिममा १४० जना कक्षा १ देखि कक्षा ३ सम्मका शिक्षकहरुको सहभागिता रहेको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १० : २७ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित