२१ बैशाख २०८३, सोमबार | May 4, 2026

संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्छ – चित्रबहादुर केसी



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । संघीयता भित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर भैसकेको बताए ।

शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष केसीले संघीयता खारेज नहुंदासम्म संविधान कार्यान्वयन हुन नसक्ने बताए । उनले कांगे्रस र एमालेले संविधान संशोधन गर्छौ भनेपनि के विषयमा संशोधन गर्ने भनेर जनताका अगाडी भन्न नसक्दा आशंका उत्पन्न भएको बताउंदै जनतालाई प्रष्ट पारेर संघीयता खोरज गर्ने गरी संविधान संशोधन गर्न आग्रह गरे ।

प्रदेशमा हुने ४ खर्व बजेट स्थानीय तहमा पठाएर जनचाहाना अनुसार विकासमा लगाउनु पर्ने बताउंदै अध्यक्ष केसीले भने,- प्रदेशको अनावश्यक खर्चले देश कंगाल भयो । संघीयताविरुद्व देशमा ठूलो जनमत तयार भएपनि आफ्नो पार्टीले त्यसलाई क्यास गर्न नसकेको कमजोरी स्वीकार गर्दै सत्ता, शक्ति र पैशाको आडमा चुनाब हुंदा सही एजेण्डा बोकेको राष्ट्रिय जनमोर्चापछि परेको बताए । अध्यक्ष केसीले गणतन्त्र खतरामा रहेको उल्लेख गर्दै हिजो लोकतान्त्रिक गणतन्त्र ल्याउन लडेका शक्तिबाटै गाणतन्त्र खतरामा रहेको दाबी गरे ।

राज्य सत्तामा बस्नेहरुले चरम भ्रष्टाचार गरेकाले राजनीतिक दल र यो व्यवस्थाप्रति जनता निरास हुंदै गएको बताए । रावजनीति गर्ने देश र जनताको पक्षमा हो तर नेपालमा भ्रष्टाचार गरेर सम्पती कमाउन र नेपालीलाई नक्क्ली भूटानी शरणार्थी बनाएर सम्पती कमाउन राजनीति गरिएकाले देश संकटमा परेको हो उनले भने ।

अमेरिकन नागरिकता बोकेकालाई निर्वाचन आयोगले सांसद र मन्त्री बनाएको उल्लेख गर्दै बंसजको आधारमा नेपाली नागरिकता बाड्दा लाखौ विदेशीले नेपाली नागरिकता पाएको बताए ।भविश्ष्मा नेपालमा नेपाली अल्पमतमा पर्ने र विदेशीको बहुमत हुने सम्भावना रहेकाले सचेत हुन अध्यक्ष केसीले नेपाली जनतालाई आग्रह गरेका छन् ।

सहकारी ठगहरुलाई यो सरकारले कारवाही गर्न नसक्ने बताउंदै ठगै ठगहरु मिलेर बनेको सरकारले केही गर्न नसक्ने अध्यक्ष केसीको दाबी छ । एमसीसी परियोजना मार्फत अमेरिकाले चीनविरुद्व नेपालको भूगोल प्रयोग गर्न लागेको उल्लेख गर्दै एमसीसी र अमेरिका नेपालको हितमा नभएको बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेश विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डेय, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल जनजाती सम्मेलनका अमरध्वज राना, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुवंर, अखिल नेपाल किसान महासंघका महासचिव तुल्सीराम सापकोटा, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, अन्टुकका अध्यक्ष लोकराज भुसाल, तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल बुद्विजीवी संघका दुर्गानाथ खरेल, अखिल नेपाल कानुन व्यवसायी संघका लम्मी बास्कोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षता, उपाध्यक्ष जनकराज शर्माको स्वागत र महासचिव मनोज भट्टको सञ्चालनमा कार्यक्रम भएको थियो ।

परिषद् बैठक दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : १३ बजे

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा