२५ भदौ २०८३, बिहिबार | September 11, 2026

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा



काठमाडौं । अफगानिस्तानले जारी एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकालाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनको फाराकिलो अन्तरले पराजित गर्दै सिरिजमा २-० को जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको ३१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३४.२ ओभरमा १३४ रन बनाउदा अल आउट भएपछि खेल अफगानिस्तानले १७७ रनले जितेको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले सर्बाधिक ३८ रन बनाए भने टोनी डि जोर्जीले ३१ तथा एडेन मार्क्रमले २१ रन बनाएका थिए । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन ध्वस्त गर्न अफगानिस्तानका राशिद खानले सर्बाधिक ५ विकेट लिएका थिए । राशिदले ५ ओभरमा एक मेडनसहित १९ रन दिएर ५ विकेट लिएका थिए । राशिद आफ्नो जन्मदिनको अवसरमा पाँच विकेट लिएका छन् । त्यस्तै अर्का बलर नान्गेयालिया खारोटेले ४ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले रह्मतुल्लाह गुर्बाजको १०५ रनको शतकीय पारी र अज्मतुल्लाह ओमारजाईको ८६ रनको योगदानमा ५० ओभरमा ४ विकेट गुमाएर ३११ रन बनाएको थियो ।

यो जित सँगै अफगानिस्तानले ३ खेलको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । यस अघि पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक एकदिवसीय खेल जितेर किर्तिमान बनाएको अफगानिस्तानले दोस्रो खेल पनि जितेर दक्षिण अफ्रिकाविरुद्ध पहिलो सिरिज पनि जितेको छ ।

अब सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ५६ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ