१० असार २०८३, बुधबार | June 24, 2026

नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्छ : महानायक हमाल



काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीका लागि जुनसुकै देस शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन्।

शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौंमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाले स्वविवेकले छनोट गर्न सुझाए।

उनले नेपाली युवाका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तब्य रहे पनि वैदेशिक शिक्षा रोज्नेहरूका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए। उनले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताए।

‘विद्यार्थीलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ। आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन्। आफूमा भएको ऊर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन्। यद्यपि, पछिल्लो समय क्यानाडा धेरै नेपालीको उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको दुईमत छैन,’ उनले भने।

कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रबन्ध निर्देशक धिरज कंडेलले क्यानाडा अध्ययनका लागि धेरै नेपाली युवाको रोजाइमा रहेको बताए।

उनले क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देस बाहिर आए पनि सार्वजनिक भएजस्तो समस्या नभएको उनले बताए। कार्यक्रममा २५ बढी कलेज र विश्वविद्यालयले परामर्श सेवा उपलब्ध गराएका थिए। उक्त अवसरमा कलेज वा विश्वविद्यालयका प्रतिनिधिले सयौं विद्यार्थीलाई परामर्श दिएका थिए।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ३१ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै