२९ चैत्र २०८२, आइतबार | April 12, 2026

‘भविष्यका लागि शिखर सम्मेलन’ का लागि विश्वका नेता न्यूयोर्कमा



संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१ औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन (समिट अफ दि फ्युचर)’ मा सहभागी हुन विश्वभरका नेताहरू आइतबार न्यूयोर्कमा भेला भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सन् २०२१ मा पहिलो पटक सम्मेलनलाई अन्तर्राष्ट्रिय सहयोगलाई पुनर्जीवित गर्दै मानव इतिहासलाई नयाँ आकार दिने ‘एक पुस्तामा एकपटक आउने अवसर’ का रुपमा प्रस्ताव गरेका थिए ।

मङ्गलबारदेखि सुरु हुने संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका बिचमा आयोजना हुने सम्मेलनमा दर्जनौँ राष्ट्रका सरकार प्रमुख र प्रतिनिधिहरूले आइतबार सङ्कटग्रस्त विश्व परिस्थितिसँग तालमेल राख्न ‘भविष्यका लागि सम्झौता’ स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।

सम्झौताको विषयमा अन्तिम समयमा भएको गहन वार्तापछि, गुटेर्रेसले केही निराशा व्यक्त गर्दै सदस्य राष्ट्रहरूलाई ‘साहस’ देखाउन आग्रह गरे र आजको खतरालाई प्रभावकारी रूपमा जवाफ दिन सङ्घर्ष गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूलाई बलियो बनाउन ‘अधिकतम महत्वाकाङ्क्षा’ का लागि आह्वान गरेका छन ।

स्वीकृतिका लागि पेस गरिने सम्झौताको पछिल्लो संस्करणमा नेताहरूले परिवर्तनशील संसारसँग तालमेल राख्न ‘लामो सङ्कट’ को सामना गर्दै वर्तमान र भावी पुस्ताको आवश्यकता र चासोको रक्षा गर्न बहुपक्षीय प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लगभग ३० पृष्ठको यो सम्झौताले बहुपक्षवादप्रति प्रतिबद्धता, संयुक्त राष्ट्रको बडापत्रको समर्थन र शान्ति स्थापनासहित ५६ वटा कार्यको रूपरेखा प्रस्तुत गरेको छ ।

यसले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा सुधारका साथै जलवायु परिवर्तनसँग लड्न, निशस्त्रीकरणलाई बढावा दिन र आर्टिफिसियल इन्टेलिजेन्स ९एआइ०को विकासलाई मार्गदर्शन गर्ने नयाँ प्रयासमा ध्यान केन्द्रीत गर्न आह्वान गर्दछ ।

“सम्झौतामा विभिन्न प्रगतिशील कुराहरू समावेश भएपनि यो महासचिव गुटेर्रेसले सुरुमा आह्वान गरेको सम्पूर्ण बहुपक्षवादलाई सुधार गर्ने क्रान्तिकारी दस्तावेज होइन,” अन्तर्राष्ट्रिय सङ्कट समूहका रिचर्ड गोवानले दस्तावेजबारे टिप्पणी गरे ।

हालैका दिनमा भएको गहन वार्तापछि रूसले अझै पनि शनिबार प्रकाशित पृष्ठको अन्तिम संस्करणमा आपत्ति जनाएको एक कूटनीतिक स्रोतले बताएको छ । सम्झौता स्वीकृत हुने अपेक्षा गरिएको छ, तर ग्यारेन्टी छैन ।

विभिन्न आलोचनाका बावजुद यो अझै पनि “कठिन वर्तमान भूराजनीतिक सन्दर्भमा पनि बहुपक्षवादप्रति हाम्रो सामूहिक प्रतिबद्धतालाई पुष्टि गर्ने अवसर हो”, एक पश्चिमी कूटनीतिज्ञले ग्लोबल नर्थ र साउथबीचको विश्वास पुनर्निर्माणको आवश्यकतालाई जोड दिँदै बताए ।

“हाम्रो अर्को काम भनेको सम्झौतालाई जीवन्त रुप दिनु हो, शब्दहरूलाई कार्यमा परिणत गर्नु हो,” गुटेर्रेसले शनिबार बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ३ : ०४ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्