१९ असार २०८३, शुक्रबार | July 3, 2026

नेपालगन्ज नाका हुँदै दशैं मनाउन नेपाल फर्कनेको लर्को



नेपालगन्ज । नेपाल भारत सीमाको नेपालगन्ज स्थित जमुनाहा नाकामा नेपाल फर्कने नेपालीहरुको लर्को लागेको छ । कामको शिलशिलामा भारतको विभिन्न शहरमा गएका नेपाली दशैं मनाउन घर फर्किन थालेपछि जमुनाहा नाकामा फर्कने नेपालीहरुको लर्को लागेको हो । अघिल्लो हप्तादेखि नेपालगन्ज नाकामा दशैं मनाउन घर फर्किनेको भीडभाड बढेको जमुनाहा स्थित इलाका प्रहरी कार्यालयले जनाएको हो ।

कर्णाली प्रदेशको दैलेख, जाजरकोट, रुकुम, सुर्खेत, सल्यान, लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रोल्पा तथा सुदूरपश्चिमका कैलाली जिल्लाबाट भारतको दिल्ली, गुजरात, सिमला, कालापहाड, प्रयागलगायत ठाउँमा गएका नेपाली जमुनाहा नाका हुँदै दशैं मनाउन घर फर्किने क्रम सुरु भएसँगै नाकामा भिडभाड बढेको हो ।

नेपालगन्ज नाकाबाट यतिबेला दैनिक तीन हजार बढीको संख्यामा नेपाली घर फर्किरहेको प्रहरीले जनाएको छ । सिमलामा काम गरेर फर्किएका जाजरकोटका बुद्धि विकले आफु ६ महिनापछि घर फर्किएको बताए । उनले अरुबेला काम गर्नुपरेपनि दसैंका बेला घरपरिवारसँग चाड मनाउन घर फर्किएको बताए ।

विकसँगै नेपाल प्रवेश गरेका कैलालीका जीवन परियारले नेपालमा काम नपाएपछि भारतमा गएर काम गर्नु परेको बताउँदै दशैं नजिकिएसँगै घर फर्किएको बताए । घरपरिवारलाई दशैंमा फेरिदिने कपडा, आवश्यक घरयासी सामानको पोका बोकेर नेपाल फकंँदै गरेका नेपालीले भारतीय सीमामा दुख् पाउने नियती भने यो वर्ष पनि जारी छ । उनीहरुले विगतमा झैँ यसवर्ष पनि भारतीय सीमामा सास्ती खेप्ने गरेका छन् । सरक्षा जाँचका नाममा पोका फुकाएर छरपस्ट पारिदिने गरिएको कैलालीका परियारले गुनासो गरे । मुट्ठी बानेर केही पैसा दिए पोका नफुकाउने अन्यथा जाँचका नाममा भारी फुकाएर लथालिङ्ग पारिदिने गरेको उनले बताए ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसको रोजाई कालापहाड हुने गर्दछ । बैष्णौदेबीमा डोलामा तिर्थालु बोक्ने देखि सिमलामा स्याउ बगैचामा काम गर्नेसम्मका काम नेपालीहरुले गर्ने गर्दछन् । पछिल्लो समय हरिद्वार सिमला, देहरादुन जस्ता शहरमा होटलमो कुकको काममा पनि नेपालीहरुको उपस्थिती देखिने गरेको छ । भाँडा माझ्ने र चौकिदारी गर्ने त पहिलेदेखि नै नेपालीको मुख्य काम जस्तै बन्दै आएको छ ।

कालापाहाड गएका नेपालीहरु फर्केपछि नै कर्णाली, सदूरपश्चिम र लुम्बिनीका पहाडी जिल्लाका अधिकांस स्थानीयका घर मिठो मसिनो पाक्ने गर्दछ । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले दिनमा तीन हजारको आसपासमा नेपाली फर्किरहेको बताए ।

चाडबाडमा हुने भीडको फाइदा उठाउदै जमुनाहा नाका हुँदै नेपाल प्रवेश भएपछि पनि नेपालीहरु ठगिने गरेका छन् । नाकामा लुटपाट, चोरी र ठगीका घटना सँगै नेपालगन्जका होटल व्यवसायी र पहाडी जिल्लाहरुमा चल्ने सवारी साधनका कर्मचारीहरु नाकामा पुगेर नेपालीलाई जबरजस्ती आफ्नोमा तान्ने गरेको पनि पाईने गरेको छ । अटो रिक्साले कमिसन लिएर होटर र पसलहरुमा पुर्याउने रोग पनि नेपालगन्जको पुरानो रोग हो ।

भारतबाट बस या रेलमा आउदा नसालु पदार्थ मिसाएर लुटपाट हुने जोखिम हरेकवर्ष हुने गरेको छ । यसवर्ष पनि अघिल्लो महिनामात्र दाङका एकजना लुटिएर नेपाल आइपुगेका थिए । सिमलाबाट आएका दाङका एकजना बेहोस अवस्थामा सीमा वारी नेपालतर्फ आइपुगेका थिए । भारतीय भूमिमा लुटिएका उनलाई भारतीय प्रहरीले रिक्सामा चढाएर नेपालतर्फ पठाइदिएका थिए । नेपाल आउदासम्म उनी बेहोस् थिए । उनलाई नेपाल प्रहरीले अस्पताल पु¥याइदिएको थियो । उनले आफूसँग ५० हजार रुपैया रहेको र त्यो लुटिएको प्रहरीलाई बताएका थिए ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : ४४ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले