५ पुस २०८२, शनिबार | December 20, 2025

भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु



भैरहवा । भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । अन्डर-१९ एक दिवसीय प्रतियोगिताको छनोट अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही यु-१९ टिमले पश्चिम नवलपरासी यु-१९ टिमलाई ५ विकेटले पराजित गर्दै जित निकालेको छ ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३७ रनको सामान्य योगफल खडा गर्यो । उसका लागि ओमकार यादवले ३१, ड्रस सुनारले ३०, दिलसाद अली र शिशिर थापा क्षेत्रीले समान १४-१४, शैलेन्द्र यादवले १३ र सम्राट भुसालले १० रन जोडे । बलिङमा रुपन्देहीका सुमित पराजुली, लक्ष्मण कुमाल र सन्तोष यादवले २-२ तथा रमेश कुर्मी र अमर मिश्राले समान १-१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सन्तोष यादवले अर्धशतकीय पारी खेल्दै ५४ रनको महत्वपूर्ण योगदान दिए । यस्तै, समीर अलीले ३७ र अमर मिश्राले १७ रन जोडे । बलिङमा नवलपरासीका ओमकार यादव र शिशिर थापाले समान २-२ तथा निराजन भट्टराईले १ विकेट लिए । रुपन्देहीका सन्तोष यादव म्यान अफ द म्याच घोषित भए ।

अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय टिम छनोट गर्न प्रत्येक जिल्लाको फकर-फकर टिम बनाएर छनोट खेल सुरु गरिएको प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए । उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेश स्तरीय यु-१९ क्रिकेट टिम घोषणा गरिने छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : १० बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा