२० असार २०८३, शनिबार | July 5, 2026

भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु



भैरहवा । भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । अन्डर-१९ एक दिवसीय प्रतियोगिताको छनोट अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही यु-१९ टिमले पश्चिम नवलपरासी यु-१९ टिमलाई ५ विकेटले पराजित गर्दै जित निकालेको छ ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३७ रनको सामान्य योगफल खडा गर्यो । उसका लागि ओमकार यादवले ३१, ड्रस सुनारले ३०, दिलसाद अली र शिशिर थापा क्षेत्रीले समान १४-१४, शैलेन्द्र यादवले १३ र सम्राट भुसालले १० रन जोडे । बलिङमा रुपन्देहीका सुमित पराजुली, लक्ष्मण कुमाल र सन्तोष यादवले २-२ तथा रमेश कुर्मी र अमर मिश्राले समान १-१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय ४१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सन्तोष यादवले अर्धशतकीय पारी खेल्दै ५४ रनको महत्वपूर्ण योगदान दिए । यस्तै, समीर अलीले ३७ र अमर मिश्राले १७ रन जोडे । बलिङमा नवलपरासीका ओमकार यादव र शिशिर थापाले समान २-२ तथा निराजन भट्टराईले १ विकेट लिए । रुपन्देहीका सन्तोष यादव म्यान अफ द म्याच घोषित भए ।

अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय टिम छनोट गर्न प्रत्येक जिल्लाको फकर-फकर टिम बनाएर छनोट खेल सुरु गरिएको प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए । उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेश स्तरीय यु-१९ क्रिकेट टिम घोषणा गरिने छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : १० बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी