३ चैत्र २०८२, मंगलबार | March 18, 2026

लुम्बिनीका पदाधिकारीमाथि गरिएको हातपातप्रति ९ दलको निन्दा, लुम्बिनीमा भएको घटना दुखद



लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभाका सदस्यहरु सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट गरेको घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन् । दलहरुले जिल्ला प्रशासनलाई सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न माग समेत गरेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगर सभापती विन्दराम यादव, नेकपा एमाले लुम्बिनी साँस्कृतिक नगर समितिका उपाध्यक्ष मञ्जु ढकाल, नेकपा माओवादी केन्द्र नगरअध्यक्ष महेन्द्र यादव,नेकपा एकिकृत समाजवादी नगरअध्यक्ष सफिउरहमान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव रामाकान्त वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कोषाध्यक्ष हिन्दराज यादव, जसपा नगर उपाध्यक्ष हुसेनी लोध, जनमत पार्टी नगर सचिव बोजिउद्धिन मुसलमान र लोसपा नगर अध्यक्ष राफिक अहमद मुसलमानले हस्ताक्षर गरी विज्ञप्ती जारी गरेका हुन् ।

‘विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित प्रसारित समाचार र भिडियो अनुसार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सदस्य सचिव सानुराजा शाक्यमाथि हातपात र लछारपछार गरिएको छ । यस सम्बन्धमा जिल्ला प्रशासनलाई सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न जोडदार माग गर्दछौं’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा आन्दोलन गर्न र आफ्ना माग राख्न पाउने तर, संवाद र सहमतीबाटै निकास निकाल्न सकिने अवस्था हुँदा हुँदै यस खालको घटनाले विश्वमा लुम्बिनीको गरिमामा आँच आउनेतर्फ समेत सबै पक्षलाई सचेत गराइएको छ ।

दलहरुले लुम्बिनी विकास कोषलाई समेत निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायिहरुलाई भुक्तानीको सहज वातावरण मिलाउन समेत आग्रह गरेका छन । विश्वशान्तिको मुहान,महामानव गौतम बुद्धको पवित्र जन्मस्थललाई शान्तिमय वनाउन आमनागरिक, सामाजिक संघ संस्था तथा व्यवसायी सबैमा दलहरुले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : ४३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड