२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

भन्सार र सीमामा कडाई गर्न ४ व्यवसायिक संस्थाको माग, अबैद्य कारोबारले राजश्व संकलनमा समेत असर



बुटवल । रुपन्देहीमा क्रियाशिल ४ व्यवसायीक संस्थाहरुले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोबारले राजश्व संकलन तथा व्यवसायिक कारोबारमा असर गरेको भन्दै त्यसलाई रोक्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघले बिहिवार संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउदै कडाईसाथ भन्सार नियमन नगरिदा तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोबारले सरकारको राजश्व संकलनमा असर पर्नुका साथै नीजि क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई समेत प्रभाव पारेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धाराशाही बनेको अवस्थामा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले थप पलायन हुन अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले धेरै नै असर गर्ने बताउदै ज्ञापनपत्रमा सरकारी निकायले आयात राजश्वलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिदै आएको बर्तमान अवस्थामा भन्सार तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले प्रभाव पार्ने भन्दै सुधारका लागि आग्रह गरिएको छ ।

सरकारले एकातिर भन्सार राजश्वलाई आम्दानीको मुख्य स्रोत मान्दै आएको छ भने अर्कोतर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोबारले राज्यको राजश्व गुम्नुका साथै नेपालको व्यवसाय क्षेत्र धाराशाही बन्दै गएको बताउदै राजश्व बलियो बनाउन तथा व्यवसायलाई धाराशाही हुनबाट जोगाउन भन्सार तथा खुल्ला सीमा नियमन अति आवश्यक रहेको सुझाव ति संस्थाहरुले दिएका छन् ।

सो अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले दशैतिहार जस्ता प्रमुख चाडहरुमा नेपाली बजार सुनसान हुने भारतीय बजार गुल्जार हुने वातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गर्दै देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जान अनुरोध गरे ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अबैद्य कारोवारका कारण नेपाली उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेरको बताउदै सीमा नियमन कडाई गर्दै अबैद्य रुपमा हुने सबैप्रकारका कारोवार रोक्न, अनुगमन तथा निगरानी बढाउन भन्सार कार्यालयलाई आग्रह गरे ।

रुपन्देही व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली बजार सुनसान बनेको बताउदै सीमा क्षेत्रबाट हुने अवैद्य कारोवार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने जनाए । उनले अबैद्य कारोबार रोक्न र भन्सार नियमन गर्न व्यवसायिक संस्थाहरुले सधै साथ दिने बताए ।

उद्याग व्यापार संघका अध्यक्ष बिष्णु प्रसाद पाण्डेले सरकारी कार्यालयहरुको समन्वय र सक्रियामा देखिएको ढिला सुस्तीले अबैद्य कारोबारीले प्रश्रय पाएको अरोप लगाउदै भन्सारमा कडाई गर्ने कुरामा गम्भिर बन्न अनुरोध गरे ।

सो अवसरमा ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमाबाट हुने अबैद्य कारोबार र भन्सार नाकाहरुमा देखिएको सुस्ताप्रति आफु सचेत रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्ने कुरामा आफु गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए ।

उनले भन्सार तथा सीमा नियमन कडाई नगरिए कर तथा राजश्वको असुलीमा असर पर्ने कुरामा आन्तरिक समिक्षा पनि भएको जानकारी गराउदै त्यसका लागि राज्यका निकायहरुमा समन्वय र निजी क्षेत्रका व्यवसायिक संस्थाहरुको सहयोग जरुरी रहेको कुरामा जोड दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रवन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अबैद्य धन्दालाई निरुत्साहित गर्ने कुरामा आफु जिम्मेवार बन्नेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ४ : ३३ बजे

पत्रकार महासङ्घको अध्यक्षमा पाँच जनाको उम्मेदवारी (नामावलीसहित)

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच

एमाले सचिवालय बैठक मङ्गलबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ

कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५

जो फेसबुकमै चिनजान र प्रेमपछि नांगिए, सम्बन्ध बिग्रिएपछि तस्बिर-भिडिओ सार्वजनिक

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील