१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि नीति तथा योजना तयार पार्न कार्यदल गठन गरेको छ । मन्त्रालयले शुक्रराज सङ्क्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको नेतृत्वमा शुक्रबार तीन सदसीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्यसचिव तोकिएका छन् । देशैभर अस्पतालमा डेङ्गीका बिरामी बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि तदारुकता देखाएका थिए । उनकै निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ ।

कार्यदललाई अल्पकालीन तथा दीर्घकालीन रूपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ । यसैगरी, समुदायस्तरमा डेङ्गी नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारीसमेत कार्यदलले पाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : ०० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा