२५ भदौ २०८३, बिहिबार | September 10, 2026

अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह



सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।

लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्षेत्र जोखिममा परेको हो ।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अरुण नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो ।

जिल्ला प्रहरी कार्यालयले सतर्क रहन आग्रह गर्दै भनेको छ, ‘आज बिहान ०६:०० बजे फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको छ। डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेको छ। नदी आसपासका बासिन्दाहरूले थप सतर्कता अपनाउनु हुन अनुरोध छ।’

२६ मिटर अग्लो बाँधमा पानी भरिएर करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी ४२९ मिटर लामो डाइभर्सन टनेलमार्फत अरुण नदी मोडिएको थियो ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : २७ बजे

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको