३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छौं : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताएका छन । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदाय विच सहकार्य गरिने बताएका हुन ।

‘म गम्भीर रोगलाइ जितेर यहाँसम्म आइपुगेको छु । बिरामी हुँदा कस्तो अनुभुती हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ त्यो सबै अनुभुती म सँग छ । त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरु समाधान गर्न सरकार तयार छ,’ उनले भने, – ‘स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो, हामी सुधार गर्ने ठाउँमा छौं । अनुभुती हुनेगरी सुधार गर्छौं ।’

मुख्यमन्त्री आचार्यले मुटुसँगै मृगौलाको उपचार र डायलाइसिस सेवालाई पनि सहज बनाउने बताए । समुदायबाट स्वास्थ्य क्षेत्रमा गरिएको योगदानको प्रशंसा गर्दै उनले अस्पतालको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको जग्गा प्राप्ति र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले सरकारी स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको ढिलासुस्ती र लापरवाहीका कारण सरकारले स्वास्थ्य उपचारमा आलोचना खेप्नुपरेको भन्दै सरकारले गरेका निति नियमहरुको कार्यान्वयन गर्ने तहमा बसेका कर्मचारीहरु नसुध्रिएसम्म कुनैपनि क्षेत्र सुधार गर्न नसकिने बताए ।

उनले सरकारले अगाडी सारेका स्वास्थ्यका योजनाहरु कार्यान्वयन गर्न र सहज बनाउन कर्मचारी र स्वास्थ्यकर्मी पूणर्रूपमा तयार हुनुपर्ने बताए । ‘कपिलवस्तुको जितपुरमा डायलाइसिस सेन्टरको अनुमति ल्याउन म आफै दुईवर्ष सम्म धाउँदा पनि सकस परेको छ । दुई वर्ष निरन्तर पहल गर्दा बल्ल अनुमति ल्याउन सकियो, यस्तो ढिलासुस्तीले जनताले कहिले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पाउन सक्छन्, कर्मचारी तहबाट ढिलासुस्ती हुनु राम्रो होइन,’ पन्थीले भने ।

प्रदेशसभा सदस्य चिन्तामणी पाण्डेले समुदायले स्वतःस्फुर्त रुपमा संचालन गरेका गैरनाफामुलक संस्थाले सरकारले सघाउनुपर्ने बताए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले रुपन्देहीका उद्योगी व्यवसायी, विभिन्न रोटरी क्लब तथा समाजसेवीहरुको सहयोगमा अस्पताल स्थापना गरिएको भन्दै अब अस्पतालको जग्गा प्राप्ती र भवन निर्माणमा अभिभावकत्व लिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरे ।

अस्पतालका सहसचिव बाबुराम बोहराको संचालन तथा उपाध्यक्ष रामप्रसाद बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अस्पतालका निर्देशक बरिस्ठ मुटुरोग विशेषज्ञ डाक्टर समीर गौतमले अस्पतालमा हालसम्म भएका गतिविधि तथा मुटुरोगबाट जोगिन अपनाउनुपर्ने सावधानी बारे जानकारी गराएका थिए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु लगायतले सम्बोधन गरेका थिए ।

२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट झण्डै ११ सय मुटुका विरामीले क्याथल्याबबाट सेवा लिईसकेका छन् । लुम्बिनी प्रदेशमै पहिलो पटक क्याथल्याब सेवा सुरु गरेको अस्पतालमा एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि, सिटिस्क्यान लगायतका सेवा प्रदान हुँदै आएका छन् ।

लुम्बिनी प्रदेशका मात्र होईन नवलपरासीदेखि पश्चिमका अधिकांश जिल्लाका विरामीले यहाँबाट सेवा लिंदै आएका छन् । यस्तै लुम्बिनी प्रदेशमा करिब ८ सय मृगौलाका विरामी रहेकोमा ५ सय भन्दा बढि मृगौलाका विरामीले मुटु अस्पतालले विभिन्न स्थानमा संचालन गरेका डायलाईसिस सेन्टरबाट नियमित मृगौलाको डायलाईसिस सेवा लिँदै आएका छन् ।

बुटवलको अस्पतालसँगै दाङको लमही, पाल्पा, वालिङमा डायलाईसिस सेन्टर संचालन भईरहेका छन् । कपिलवस्तुको जितपुरमा आगाम १७ गतेदेखि डायलाईसिस सेन्टर संचालन हुंदै छ भने नवलपरासीको परासीमा पनि निकट भविश्यमै संचालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ५३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड