२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

लालटिन सहकारीको नवौँ वार्षिक साधारणसभा सम्पन्न



बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित लालटिन बहुउद्देश्यीय सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य पुतलीमाया गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासेले देशको अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए ।

पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास घटिरहेको अवस्थामा उत्कृट काम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने धारणा राखे । क्षणिक ब्याज र आर्थिक लोभमा परेर संस्थाबारे बुझ्दै नबुझी पैसा जम्मा गर्दा धरै बचतकर्ताले लाखौँ रकम गुमाउनुपरेको बताउँदै बचतकर्ता सचेत हुनुपर्नेमा बेलबासेले जोड दिए । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गंगालाल सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि गरेका कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने भन्दै सबैलाई एकजुट हुन आग्रह गरे । लेखा सुपरिवेक्षण समिति संयोजक उमलाल बञ्जाडेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा सहकारीका ज्येष्ठ नागरिक शेयर सदस्य, असल ऋणी, एक वर्षमा संस्थामा धेरै शेयर सदस्य थप गर्ने सदस्यहरु लगायतलाई सम्मान गरिएको थियो । दुई करोड ७२ लाख ७२ हजार सात सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा हाल दुई हजार ६९८ जना शेयर सदस्य रहेका छन् ।

सहकारीले १९ करोड २२ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ । लुम्बिनी प्रदेशभर कार्यक्षेत्र रहेको सहकारीले तिलोत्तमा-८ दिपनगर र सैनामैना-३ मुर्गियामा सेवा केन्द्र स्थापना गरी सहज सेवा प्रदान गर्दै आएको छ । भने संस्थामा १९ जना कर्मचारी कार्यरत रहेका छन् । संस्थाका उपाध्यक्ष गोपालप्रसाद गैरेको स्वागत तथा सचिव दिनेशकुमार पाण्डे क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : १० बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै