२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सूचनाको हकको लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा हेमन्त कर्माचार्य



लमही । सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति गठन भएको छ । आज लुम्बिनी प्रदेशको दांगको देउखुरीमा भएको प्रथम अधिवेशनबाट बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको अध्यक्षतामा महासंघको नयाँ कार्य समिति गठन भएको हो ।

अधिवेशनको उदघाटन सत्रमा बोल्ने वक्ताहरुले मुलुकमा ब्याप्त भ्रष्टाचारको न्युनिकरणका लागि सूचना माग्ने अभियान चलाउन महासंघको संरचना बिस्तार गरिएको बताए । उनीहरुले हरेक नागरिकले राज्यसँग सूचना माग्ने पहुँच राख्न सके ब्याप्त भ्रष्टाचारमा न्युनिकरण हुने बक्ताहरुले विस्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासघका अध्यक्ष उमिद बागचनले महासंघको संरचनालाई पालिकास्तर सम्म पुर्याउने महासंघको लक्ष्य अनुरुप लुम्बिनी प्रदेशमा संगठन बिस्तार गरिएको बताए । उनले हालसम्म बागमती र गण्डकी बाहेकका प्रदेशमा  महासंघको प्रदेश समिति गठन भइसकेको जानकारी दिँदै छिट्टै त्यस प्रदेशमा पनि संगठन बिस्तार हुने बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष तारा भण्डारी, अधिवक्ता बिश्वजीत तिवारी लगायतले वडास्तर सम्म नागरिकलाई सचेत बनाउन महासंघ सघलाई सफलताको शुभकामना दिए ।

अधिवेशनबाट उपाध्यक्षमा रुपन्देहीकी राधा बस्नेत र पाल्पा दिपक पोखरेल, महासचिवमा सन्तोष कुमार गुप्ता, सचिवमा रुद्र सुबेदी र महादेव खरेल, कोषध्यक्षमा नवलपरासीका पप्पु रेग्मी सहित १० सदस्सीय प्रदेश समिति गठन गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ३३ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक