१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सूचनाको हकको लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा हेमन्त कर्माचार्य



लमही । सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति गठन भएको छ । आज लुम्बिनी प्रदेशको दांगको देउखुरीमा भएको प्रथम अधिवेशनबाट बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको अध्यक्षतामा महासंघको नयाँ कार्य समिति गठन भएको हो ।

अधिवेशनको उदघाटन सत्रमा बोल्ने वक्ताहरुले मुलुकमा ब्याप्त भ्रष्टाचारको न्युनिकरणका लागि सूचना माग्ने अभियान चलाउन महासंघको संरचना बिस्तार गरिएको बताए । उनीहरुले हरेक नागरिकले राज्यसँग सूचना माग्ने पहुँच राख्न सके ब्याप्त भ्रष्टाचारमा न्युनिकरण हुने बक्ताहरुले विस्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासघका अध्यक्ष उमिद बागचनले महासंघको संरचनालाई पालिकास्तर सम्म पुर्याउने महासंघको लक्ष्य अनुरुप लुम्बिनी प्रदेशमा संगठन बिस्तार गरिएको बताए । उनले हालसम्म बागमती र गण्डकी बाहेकका प्रदेशमा  महासंघको प्रदेश समिति गठन भइसकेको जानकारी दिँदै छिट्टै त्यस प्रदेशमा पनि संगठन बिस्तार हुने बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष तारा भण्डारी, अधिवक्ता बिश्वजीत तिवारी लगायतले वडास्तर सम्म नागरिकलाई सचेत बनाउन महासंघ सघलाई सफलताको शुभकामना दिए ।

अधिवेशनबाट उपाध्यक्षमा रुपन्देहीकी राधा बस्नेत र पाल्पा दिपक पोखरेल, महासचिवमा सन्तोष कुमार गुप्ता, सचिवमा रुद्र सुबेदी र महादेव खरेल, कोषध्यक्षमा नवलपरासीका पप्पु रेग्मी सहित १० सदस्सीय प्रदेश समिति गठन गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ३३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले