१८ माघ २०८२, आइतबार | February 2, 2026

ब्रिटिस कलेजको १०औं ग्राजुयसन सम्पन्न



काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) को १० औँ ग्र्याजुएसन समारोह सम्पन्न भएको छ । शुक्रवार हायत रिजेन्सी होटेलमा विभिन्न अतिथि, विद्यार्थी, अभिभावक लगायतको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।

कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्यान्ड (यूडब्लुई) र कील युनिभर्सिटीका ३२१ जना विद्यार्थीहरू तथा ब्रिटिस मोडल कलेजमा ‘ए’ लेभल अध्ययन गरेका ४५ जना विद्यार्थीहरूले दुई सत्रमा दीक्षित भए । बिहानको सत्रमा बिबिए, एमबिए, बीएचएम र ईएमबीएका विद्यार्थीहरू दीक्षित भएका थिए भने दिउँसोको सत्रमा बीएससी (अनर्स) कम्प्युटर, एमएससी आइटी एडभान्स कम्प्युटर साइन्स र ‘ए’ लेभलका विद्यार्थीहरू दीक्षित भएका हुन् ।

कार्यक्रमको औपचारिक सुरुवात द कँडेल ग्रुपका अध्यक्ष उपेन्द्र राज शर्मा, कलेजका सिइओ तथा संस्थापक राजन कँडेल र सल्लाहकार माइकल रुटल्याण्ड (ओ.बि.र्ई.ले) पानसमा बत्ती बालेर उदघाटन गरेका थिए । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सले मन्तव्य दिएको थियो । सो मन्तव्य ब्रिटिस कलेजले हालै सञ्चालनमा ल्याएको बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रतिबिम्ब थियो । समारोहमा उपस्थितहरूले परम्परागत कुमारी नृत्यको आनन्द लिएका थिए ।

ग्र्याजुएसन समारोहमा कलेजका सिइओ तथा दूरदर्शी संस्थापक राजन कँडेलले स्वागत मन्तव्य राख्दै भने, ‘यो वर्ष हामीले ब्रिटिस कलेजको विश्वव्यापी प्रभावलाई साँच्चै उत्सवको रूपमा मनाइरहेका छौँ । हाम्रा पूर्व विद्यार्थीहरू अस्ट्रेलिया, क्यानडा, युरोप, बेलायत तथा गल्फ मार्केटमा सफल भएको देख्दा निकै खुसी लाग्छ ।

यो ग्लोबल लिडरहरू उत्पादन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । पछिल्ला वर्षहरूमा हामीले अन्तर्राष्ट्रिय प्लेसमेन्टको अवसरहरू पनि प्रदान गर्दै आइरहेका छौँ । यो अवसरलाई हामीले विश्वभर रहेका हाम्रा नयाँ साझेदार संस्थाहरूसँग मिलेर विस्तार गरिरहेका छौँ । साथै, विद्यार्थीहरूलाई अल्मुनाई कम्युनिटीमा स्वागत गर्दै थप अवसरहरू प्रदान गर्न हामी उत्सुक छौँ ।’

समारोहमा विशिष्ट पाहुनाहरू, नेपालका लागि बेलायतका राजदूत रब फेन, उप-राजदूत लुक बिउमन्ट, कलेजका सल्लाहकार माइकल रुटल्याण्ड (ओ.बि.र्ई), लिड्स बेकेड युनिभर्सिटीका डेप्यूटी भाइस चान्सलर प्रोफेसर फिल कार्ड्यू, कील युनिभर्सिटीका कम्प्युटर विभाग प्रमुख प्रोफेसर डा।ड्यानियल रेडेनबाक, प्रोफेसर र्फगस लिएन, यूडब्लुईका डेप्यूटी भाइस चान्सलर जो मिज्ली, तथा सहप्र-मुख कम्प्युटर साइन्स र क्रियटिभ टेक्नोलोजी विभाग (यूडब्लुई)की डा.मिक् पाल्मरले आफ्ना महत्त्वपूर्ण भनाइहरू राख्दै ग्राजुयटहरुलाई अल्मुनाई कम्युनिटीमा स्वागत गरे ।

कार्यक्रममा कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेन, हेड अफ डिपार्टमेन्टहरूले पनि ग्राजुयटहरुलाई बधाई ज्ञापन गरेका थिए । यस वर्षको ग्र्याजुएसन शैक्षिक उत्कृष्टता, अन्तर्राष्ट्रिय सहकार्य र विद्यार्थीहरूको उज्ज्वल भविष्यको प्रतीक रहेको ब्रिटिस कलेजको विश्वास छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ३७ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन