८ माघ २०८२, बिहिबार | January 22, 2026

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै



काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप्त उजुरीको विषयमा छलफल गर्ने कार्यसूची छ। बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने छ ।

साथै आजको बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम आज कार्यतालिका तयार गरिनेछ ।

साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने पनि समितिले सूचनामा उल्लेख गरेको छ ।

संवैधानिक परिषदले गत भदौ ३१ गते सर्वोच्च अदालतको प्रधानन्याधिशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

यसैबीच प्रस्तावित प्रधान्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी परेको बताइएको छ । असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधिशमा सिफारिस राउतविरुद्ध उजुरी आह्वान गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ११ : ५१ बजे

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ