२३ भदौ २०८३, मंगलबार | September 8, 2026

एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डको तयारीमा टुना टेक्नोलोजी



बुटवल । मोफसलमा सबैभन्दा ठूलो आईटी कम्पनीको रुपमा स्थापित बुटवलको टुना टेक्नोलोजीले एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा सहभागिताका लागि तयारी गरेको छ । आगामी डिसेम्बरमा ब्रुनाईमा हुने उक्त प्रतिस्पर्धामा नेपालबाट टुनाले सहभागिता जनाउन पाउने भएको हो ।

अवार्डमा सहभागिताका लागि गरिएका तयारी तथा कम्पनीले हालसम्म गरेका कार्य बारे जानकारी गराउन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका अध्यक्ष गणेशचन्द्र पोखरेलले विदेशमा रहेका नेपालीहरुलाई समेत रोजगारमा जोड्नेगरी काम गरिरहेको जानकारी गराए ।

यसै वर्ष सम्पन्न नास आइटी अवार्ड २०२४ समेत जित्न सफल टुनाले आइटी क्षेत्रमा लागेका युवाहरुलाई रोजगारसँग जोड्दै विश्व बजारमा समेत उत्पादन विक्री गर्ने योजना बनाएर अघि बढेको अध्यक्ष पोखरेलले बताए । डिसेम्बरमा हुने यशिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा विभिन्न १७ राष्ट्र बीच प्रतिस्पर्धा हुँदा नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा आफूहरु उत्साहित भएको उल्लेख गरे ।

कम्पनीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त सिटीओ लगायतको टेक्निकल टिमले उत्पादन क्षेत्रलाई लक्षित गरेर कमप्लिट इआरपी, होटल म्यानेजमेन्ट सोलुसन, रेष्टुरेन्ट म्यानेजमेन्ट, कृषि एप, लगाएतका उत्पादन तथा प्रविधि सोलुसनको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले गत वर्ष मात्र नेपालकै प्रतिष्ठित र प्रविधि तर्फको ठूलो तथा महत्त्वपूर्ण आइसिटी अवार्ड स्टार्टअप प्रोभिन्स अवार्ड २०२३ समेत प्राप्त गर्न सफल भएको थियो ।

हाल ४० जना बढीलाई रोजगार सिर्जना गरिहेको यस कम्पनीले रुपन्देहीका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई समेत इन्टनसिप उपलब्ध गराउँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले बताए । आईटी क्षेत्रमा नेपाली कम्पनीहरु पनि सक्षम छन् भन्ने उदाहरण आफूहरुले प्रस्तुत गर्न चाहेको बताउँदै उनले सरकारबाट नीतिगत सहयोगको समेत अपेक्षा गरे । विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन प्रयोग गर्दै आएको नेपाल सरकारले आफ्ना कार्यालयहरुमा नेपाली उत्पादनलाई नै प्रयोग गरेर प्रोत्साहन गर्नुपर्ने उनको सुझाब छ ।

टुना टेक्नोलोजी २०७८ सालमा बुटवलमा यहाँका युवा व्यवसायीहरु मिलेर खोलेको एक मात्र व्यवस्थित आइटी कम्पनी हो । यस कम्पनीले अस्ट्रेलियाबाट पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ३३ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज