१० पुस २०८२, बिहिबार | December 25, 2025

बुटवलमा आज सामना परिवारको साँस्कृतिक कार्यक्रम हुँदै



बुटवल । समाजवादका लागि सामना साँस्कृतिक अभियान बुटवलमा आएको छ । आज दिउसो १ बजेदेखि बुटवल उद्योग वाणिज्य संघको सभा हल ईट्टाभट्टीमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सामना परिवारले जनाएको हो ।

असोज ११ गते हेटौंडाबाट शुरु भएको अभियान चितवन, नवलपुरमा साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेर आज बुटवलमा प्रस्तुत गर्ने तयारी छ । बुटवलमा प्रस्तुति प्रस्तुत गरेर सामना परिवार कपिलवस्तु जाने साँस्कृतिक टिमको नेतृत्व गरेका बामपंथी नेता मणि थापाले बताए ।

कार्यक्रमको मुल उद्धेश्य जनपक्षीय गीत संगीत मार्फत मनोरन्जन, माओवादी आन्दोलनको विगत र भविष्यका विषयमा प्रष्ट पार्ने रहेको आयोजक सामना परिवारले जनाएको छ । चर्चित कलाकार माइला लामा लगातले क्रान्तिकारी गीत, नृत्य र नाटक प्रस्तुत गर्ने छन् ।

कार्यक्रम अवलोकनका लागि रु २०० को टिकट शुल्क रहेको तर रकम तिर्न नसक्नेले निशुल्क हेर्न पाउने आयोजकले स्पष्ट पारेका छन् । सबै माओवादी घटकहरुको समर्थन रहेको उक्त कार्यक्रमको नेतृत्व नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : ४२ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन