११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रधानन्यायाधीशमा राउत र अष्ट्रेलियाको राजदूतमा यादव अनुमोदित



काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले राउतको सुनुवाई बुधबार नै गरेको थियो।

समितिमा राउतले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेका उजुरीको खण्डन गरेका थिए ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो ।

बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ । अब समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ ।

आजै अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् ।

संसदीय सुनुवाइ समितिमा बुधबार बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । उनले आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिईन् ।

नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिईन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ९ : १५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि