२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

तिलोत्तमा व्यापार महोत्सव-२०८१ मंसिर ६ बाट



बुटवल । तिलोत्तमा व्यापार संघको आयोजनामा ‘‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’’ भन्ने मुल नाराका साथ यहि मंसिर ६ गते देखि १८ गते सम्म तिलोत्तमा व्यापार तिलोत्तमा व्यापार महोत्सव-२०८१ एवं कृषि तथा पर्यटन महोत्सब हुने भएको छ । संघले शुक्रबार तिलोत्तममा पत्रकार सम्मेलनको आयोजना गरी मेला आयोजना हुने बारेमा जानकारी गराएको हो ।

संघका संस्थापक अध्यक्ष जेपी कण्डेलले तिलोत्तमा क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने मेलाको दिर्घकालिनलक्ष्य रहेको बताए । मेलामा मध्यकालीन लक्ष्य मा आन्तरिक बजार सवलीकरणका लागि व्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुको पहिचानमा जोड दिईने छ । यस्तै महोत्सवमा १० करोड बरावरको कारोबार तथा २ लाख दर्शक भित्र्याई स्थानीय आर्थिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको कण्डेलले जानकारी दिए ।

तिलोत्तमा व्यापार संघका निर्वतमान अध्यक्ष बाबुलाल भुषालले व्यापारलाई विस्तार, प्रवद्र्धन, आधुनिकीकरण, विशिष्टीकरण गर्ने र व्यवसायीहरूको हकहितको रक्षाका लागि सक्षम, सुदृढ, स्वच्छ प्रतिष्पर्धी व्यवसायीहरूको आस्था र भरोसाको केन्द्रका रूपमा यस तिलोत्तमा व्यापार संघको २०७१ साल भाद्र ३१ गते विधीवत स्थापना गरिएको जानकारी दिए । तिलोत्तमा नगरपालिकाभित्र व्यावसायिक विधि र प्रक्रियाको प्रणाली बसाल्नका लागि र प्रभावकारिता स्थापित गर्ने क्रममा होस् या नगरबासीहरूस“गको कुनै अप्ठ्यारो परिस्थितिमा समेत यस संघले निरन्तर सहयोग गर्दै आइरहेको निर्वतमान अध्यक्ष भुषालको भनाई रहेको छ ।

मंसिर ६ देखि आयोजना हुने व्यापार मेलामा यस क्षेत्रमा राष्ट्रिय स्तरको व्यापार केन्द्रको विकास गर्ने, युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्दै सिपमूलक तालिमबाट स्वरोजगारको सृजना गर्ने, लक्ष्य लिएको संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले जानकारी दिए । विभिन्न वस्तु तथा सेवाहरुको एकै स्थलमा प्रर्दशनी गरी ग्राहकसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने, निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्र्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने समेत लक्ष्य मेलाले लिएको छ ।

स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवं उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधारगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पुयाउने मेहोत्सवको उदेश्य रहेको छ ।

यस्तै देश-विदेशका व्यवसायीहरुसंग अनुभव आदान-प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने, अत्याधुनिक प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने, बजार अनुसन्धान एवंम नयाँ वस्तु विकासका अवसर सृजना गर्ने, व्यावसायिक चेतना अभिवृद्धि गर्ने, सूचना प्रविधि सम्बन्धि जानकारी गराउने, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजि गर्ने समेत उदेश्य मेलाको रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।

महोत्सवमा स जनचेतना ¥याली आयोजना, गोष्ठी, कार्यशाला र अन्तक्र्रियाको आयोजना, सूचना केन्द्रको संचालन, महोत्सव गतिविधि छायांकन, प्रसारण र वृत्तचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम संचालन र खेलकुद संचालन गरिने समेत योजना रहेको जानाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : २३ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि