३० असार २०८३, मंगलबार | July 14, 2026

चाइना तिब्बतको गुड विल फाउन्डेसनद्वारा काठमाडौंका बाढीपीडितलाई राहत सामाग्री प्रदान



काठमाडौं । चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुड विल फाउण्डेशन (जीडब्लुएफ)ले नेपालका बाढीपीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ ।

चिनिया गैरसरकारी संस्था गुडविल फाउन्डेसनले आज बागमती नदीमा हालै आएको बाढीबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो । फाउन्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीआरडीएफ)को सहयोगमा यी राहत सामाग्री वितरण गरेको हो । ‘चुनौतीहरूको सामूहिक सामना गर्दै, सँगसँगै कष्टहरू पार गरौँ’ नामक राहत अभियानअन्तर्गत शुक्रबार काठमाडौंको टेकुमा एक कार्यक्रमका बीच सीआरडीएफका कर्मचारीहरुले राहत प्याकेज वितरण गरेका छन् ।

 यो राहत प्याकेजमा दैनिक प्रयोग हुने सामाग्रीहरू टुथपेस्ट, टुथब्रश, तौलिया र साबुन, पानी भण्डारणका लागि बाल्टिन र गाग्री, महिलाहरूका लागि सेनेटरी प्याड, आपतकालीन खाद्यसामग्री (चामल, पीठो, तेल, र कम्प्रेस्ड बिस्कुट), तथा तातोपन र लामखुट्टेबाट बच्नको लागि सिरक, डसना, सिरानी र झुल समावेश छन् ।

गुडविल फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत असोज ११ र १२ गते काठमाडौँ उपत्यका र नेपालका अन्य भागहरू लगातार भारी वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले मानव जीवन र सम्पत्तिमा ठूलो क्षति पु-याएको छ । २२० जना भन्दा बढी व्यक्तिले आफ्नो जीवन गुमाएका छन्, दर्जनौं बेपत्ता भएका छन्, र सयौं घाइते भएका छन् । यस घटनालाई मध्यनजर गर्दै, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टसँग मिलेर हामीले ‘नेपालको विनाशकारी बाढी राहत सहयोग अभियान’ सुरू गरेका छौं । यो अभियानलाई विभिन्न चरणमा हामीले निरन्तरता दिनेछौं ।’


राहत सहयोग गर्नका लागि सीआरडीएफका कर्मचारीहरुको विदा कटौती गरिएको थियो । यतिबेला नेपालमा रहेका सीआरडीएफका कर्मचारीहरु चीनको राष्ट्रिय दिवसको अवसरमा एकहप्ते छुट्टीमा छन् ।

जीडब्लुएफ र सीआरडीएफबीच नेपालमा गरिएको यो दोस्रो ठूलो सहकार्य हो । यसअघि जीडब्लुएफले कोरोना महामारीको समयमा सन् २०२० मा ‘महामारी नियन्त्रण’ परियोजना अन्तर्गत नेपाललाई पाँच लाख ५० हजार सुरक्षात्मक मास्क र ७५ अक्सिजन जेनेरेटरहरू प्रदान गरेको थियो ।

गुडविल फाउन्डेसन लामो समयदेखि नेपालमा जनहितका परियोजनाहरूमा संलग्न छ । फाउन्डेसनले विशेष गरी बेरोजगार युवाहरूलाई रोजगारी प्रवर्द्धन गर्न र उनीहरूको जीवनस्तर सुधार गर्न सीप प्रशिक्षणमा सहयोग पु-याउँदै आएको छ । फाउन्डेसनले भविष्यमा पनि नेपाली जनताको जीवनस्तर सुधार र सीप प्रशिक्षण परियोजनाहरू अघि बढाउने योजना बनाएको जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : १६ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस