३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बधशाला बहिस्कार गर्दै बाख्रीको मासु बेच्दै बुटवलमा मासु ब्यवसायी



बुटवल । बुटवल उपमहानगरपालिकाले संचालन गरेको बधशालाको बहिस्कार गरेका बुटवलका मासु ब्यवसायीले पटक पटक बाख्रीको मासु बेच्ने गरेको फेला परेको छ । स्वास्थ्य परीक्षण सहित बधशालामा बध गरिएका मासु बेच्न अस्वीकार गरेका ब्यवसायीका पसलबाट पटक पटक बाख्रीको मासु फेला पर्न थालेपछि उनीहरुको बधशाला बहिस्कारको कारण आशंकाको घेरामा परेको छ ।

बुटवल उपमहानगरपालिकाले आज गरेको अनुगमनका क्रममा बुटवल २ मैनाबगरमा रहेको पुरानो दिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको भेटिएको छ। बुटवल उपमहानगरपालिकाले बिगत १ हप्तादेखी नियमित मासु पसलमा गरिरहेको अनुगमनकै बेलामा शनिबार बिहान गरिएको अनुगमनमा बुटवल २ मैनाबगरको पुरानो दिलसेर मासु पसलले खसी बोकाको भन्दै बाख्रीको मासु बेचेको फेला परेको हो ।

मासु पसलबाट १० किलो बाख्रीको मासु बरामद गरि नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका राजस्व शाखा अधिकृत जीवन भट्टराईले जानकारी दिए। उनले मासु पसलका सञ्चालक जमशेरलाइ १० हजार जरिवाना काटेर कार्यालय बोलाईएको बताए। बुटवल वडा नम्बर २, ५ र ६ मा गरिएको अनुगमनमा केही पसल बन्द गरिएको र केहिले खसी बोकाको बध नगरेको भेटिएको उनले बताए।

बुटवल उपमहानगरपालिकाले स्वस्थ र स्वच्छ मासु बिक्रीको लागि भन्दै बधशाला सञ्चालन गर्दै आएको छ। उपमहानगरले खसीबोकाको मासु बधशालामा बध गर्नुपर्ने भन्दै ब्यवसायीलाई आग्रह गर्दै आएपनि ब्यवसायीले बधशाला बहिस्कार गर्दै आएका छन् ।

ब्यवसायीहरु बधशाला नगएपछि बाध्य भएर अनुगमन गर्दै आएको उपमहानगरले जनाएको छ। गत आइतबार मात्र अनुगमनका क्रममा बुटवल(८ स्थित हलाल मासु एण्ड माछा पसल र बुटवल(१० स्थित रेहान मासु पसलमा बाख्रीको मासु बिक्रि भएको फेला परेको थियो । अनुगमन टोली पुग्न साथ हलाल मासु एण्ड माछा पसलका सञ्चालकले झुण्डाएर बिक्रि गरिरहेको बाख्रीको मासु हतार हतार लुकाउने प्रयास गरेका थिए ।

मासु ब्यवसायी संघले भने पटके जरिवानाले बाख्रीको मासुको ब्यापार बन्द नहुने जनाउँदै एक पटकमा कम्तीमा ३ महिना त्यस्ता पसलहरु बन्द गर्ने हिम्मत उपमहानगरले राख्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १२ : २३ बजे

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज