२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीको शुभकामना आदानप्रदान सम्पन्न, ‘पेशागत मर्यादा कायम राख्न अनुरोध’



बुटवल । नेपाल इन्जिनियर्स एसोसिएसन स्वागत नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी प्रदेश समितिद्वारा बिजयदशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी प्रदेश समितिका सभापति महेस्वर लम्सालको अध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी पाण्डेले इन्जिनियरको सीप, ज्ञान र नयाँ प्रविधीले देश बिकास तर्फ उन्मुख रहने बताउदै इन्जिनियरको समाजको दिगोपनका लागि नयाँ खाका कोरेर स्थानिय सरकार चलाउन सहज र सरल हुने अपेक्षा राखेका थिए । उनले इन्जिनीयर साथीहरुप्रती आशा र भरोसा रहेको बताउदै इमान्दारीता र व्यवसायीक दक्षतामा इन्जिनियरहरु लाग्नुपर्ने ठहर गरेका थिए ।

कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य प्रदेश उपसभापती शिव तिवारी, धर्मराज अर्याल, हेमराज शाही, यादब नेपाल, केन्द्रीय सदस्य आकाश बर्मा, निवर्तमान केन्द्रीय सदस्य बिस्वरन्जन मिश्र, यमलाल पाण्डे, कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन कुमार पन्थी, कर्मचारी युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आधिकारिक ट्रेड युनियन जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेले मानव यन्त्रका रुपमा इन्जिनियर रहेको हुदाँ उड्ने देखि गुड्ने सम्मको डिजाइनिङ्ग गर्ने नै इन्जिनियर रहेको बताउँदै पेशागत मर्यादालाई कायम राख्दै नितिगत सुधारमा पनि ध्यान दिन अनुरोध गरेका थिए ।

सभापती महेश्वर लम्सालले नयाँ इन्जिनियरलाई कन्फिडेन्ट लेभल बिउल्ड अप गर्न र इन्जिनियरलाई प्रोत्साहन गर्न हामी लागिपरेको बताउँदै निर्वाचित भएको छोटो अवधीमा विभिन्न उपलब्धि हासिल गरेको र आगामी दिनमा गतिलाई तिब्रता दिने बताएका थिए । साथै विजयदशमी, शुभदिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश सचिव प्रवेश पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ३ : ०३ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि