११ श्रावण २०८३, सोमबार | July 27, 2026

टाकुराको १३ औं साधारणसभा सम्पन्न, ८० बर्ष नाघेका शेयर सदस्यलाइ सामाजिक सुरक्षा भत्ता



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरमा रहेको टाकुरा बचत तथा ॠण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाइ सामाजिक सुरक्षा भत्ता दिने भएको छ । संस्थाको शनिबार सम्पन्न १३ औं साधारणसभाका अवसरमा ८० वर्ष उमेर नाघेका शेयर सदयलाइ मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

सो भत्ता प्राप्त गर्न शेयर सदस्यता लिएको कम्तीमा ५ बर्ष पुरा भएको हुनुपर्ने छ । त्यस्तै संस्थाले सुत्केरी हुने शेयर सदस्यलाइ सुत्केरी कोसेली प्रदान गर्ने पनि निर्णय गरेको छ । साथै संस्थाले आफ्नो कार्यक्षेत्रलाइ रुपन्देही जिल्लभर बिस्तार गर्ने पनि निर्णय गर्नुका साथै संस्थालाइ बहुउद्देश्यीय सहकारी बनाउन पहल गर्ने पनि निर्णय गरेको छ ।

साधारणसभाको अवसरमा सरकारि सेवामा प्रवेश गर्ने शेयर सदस्य अरुण भट्टराई, असल ॠणि सुनिता ज्ञवाली र कुसल कार्यलय व्यवस्थापकका रुपमा कविता कुंवरलाइ सम्मान समेत गरिएको थियो ।

साधारणसभाले अध्यक्ष राजेन्द्र कुंवरको बार्षिक नीति तथा कार्यक्रम, कोषाध्यक्ष बिरेन्द्र रानाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक शंकर गौतमले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण प्रतिवेदन र बाह्य लेखा परिक्षकको प्रतिवेदन सर्बसम्मत पारित गरेको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र कुंवरको अध्यक्षता, जेष्ठ सेयर सदस्य राधादेवि अधिकारीको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्ष खेमराज खनालको स्वागतम सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पशुपति चौधरीले गरेका थिए ।

कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डे, सल्लाहकार तथा होराइजन गौतमबुद्ध माविका प्राचार्य गोपाल प्रसाद आचार्य, निवर्तमान अध्यक्ष रमेश ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य भोजराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । २०६८ सालमा स्थापना भएको टाकुरा सहकारीमा ५ सय ७ जना सेयर सदस्यहरु आवद्ध रहेका छन ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : १४ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा