८ कार्तिक २०८३, आइतबार | October 25, 2026

हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु



सिमकोट । हुम्लास्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको छ ।

हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उहाँसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ५ : ३५ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा