९ पुस २०८२, बुधबार | December 25, 2025

परिवारका सातजना गुमाएका माइला तामाङले स्वास्थ्यमन्त्रीलाई भने : ‘उपचारपछि जाने ठाउँ खोजिदिए हुन्थ्यो’

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले काम गरिरहेको स्वास्थ्यमन्त्री पौडेलको भनाई



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले आवश्यक तयारीका साथ काम गरिरहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपश्चात् विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर सेवा प्रवाहका बारेमा बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग पनि सेवाबारे जानकारी लिएका थिए । त्यस क्रममा परिवारका सातजना गुमाएका माइला तामाङप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए आफूलाई भन्न आग्रह गरे । जवाफमा तामाङले भने, “उपचार पाइरहेको छु तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन, सरकारले उपचारपछि जाने ठाउँ खोजिदिए हुन्थ्यो ।”

मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने र बाँकी सहयोगका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी उनले धुलिखेल अस्पताललाई उपचारमा पु¥याएको सहयोगका लागि धन्यवाद दिए । अब प्रदूषित पानी तथा फोहरका कारण सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहँदै रोकथामका लागि सचेतना फैलाउन जरुरी रहेको मन्त्री पौडेलले आग्रह गरे । “हामीले एउटा सङ्कट त भोग्यौँ, अब विपद्पछिको स्वास्थ्य सङ्कट आउन नदिन सजग बनौँँ । सबै मिलेर सम्भावित सङ्कटको सामना गर्न तयारी अवस्थामा रहन आवश्यक छ”, उनले भने ।

मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुले पु¥याएको सेवाको प्रशंसा गर्नुका साथै पनौती–१२ भूमिडाँडा कलातीमा पहिरोबाट भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ५३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना