१० भदौ २०८३, बुधबार | August 26, 2026

परिवारका सातजना गुमाएका माइला तामाङले स्वास्थ्यमन्त्रीलाई भने : ‘उपचारपछि जाने ठाउँ खोजिदिए हुन्थ्यो’

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले काम गरिरहेको स्वास्थ्यमन्त्री पौडेलको भनाई



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट आउन नदिन सरकारले आवश्यक तयारीका साथ काम गरिरहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपश्चात् विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर सेवा प्रवाहका बारेमा बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग पनि सेवाबारे जानकारी लिएका थिए । त्यस क्रममा परिवारका सातजना गुमाएका माइला तामाङप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए आफूलाई भन्न आग्रह गरे । जवाफमा तामाङले भने, “उपचार पाइरहेको छु तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन, सरकारले उपचारपछि जाने ठाउँ खोजिदिए हुन्थ्यो ।”

मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने र बाँकी सहयोगका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी उनले धुलिखेल अस्पताललाई उपचारमा पु¥याएको सहयोगका लागि धन्यवाद दिए । अब प्रदूषित पानी तथा फोहरका कारण सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहँदै रोकथामका लागि सचेतना फैलाउन जरुरी रहेको मन्त्री पौडेलले आग्रह गरे । “हामीले एउटा सङ्कट त भोग्यौँ, अब विपद्पछिको स्वास्थ्य सङ्कट आउन नदिन सजग बनौँँ । सबै मिलेर सम्भावित सङ्कटको सामना गर्न तयारी अवस्थामा रहन आवश्यक छ”, उनले भने ।

मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुले पु¥याएको सेवाको प्रशंसा गर्नुका साथै पनौती–१२ भूमिडाँडा कलातीमा पहिरोबाट भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : ५३ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र