३ चैत्र २०८२, मंगलबार | March 17, 2026

तमु सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ ‘क्येर्लो क्येप पे’ पुस्तक बिमोचन



बुटवल । गुरुङहरुको (तमु) सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ क्येर्लो क्येप पे पुस्तक बिमोचन गरिएको छ। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा बुटवलमा भएको एक कार्यक्रमका बीच (तमु) सृष्टि सम्बन्धी धार्मिक ग्रन्थ क्येर्लो क्येप पे पुस्तक बिमोचन गरिएको हो ।

बिमोचन कार्यक्रममा बोल्दै तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषदका पुर्व केन्द्रीय संरक्षक सभापती एवं क्येर्लो क्येप पे दोश्रो संस्करण सम्पादन सहयोगी माया गुरुङले गुरुङ्हरुको सृष्टि ग्रन्थ प्रकाशनमा सहयोगी बन्न पाएकोमा खुशी ब्यक्त गरिन् । उनले क्येर्लो पुस्तक भित्र रहेका गुरुङहरुको उत्पत्ती काल देखि बसाई सराईका क्रममा ठाउँ स्थानन्तर हुँदै सफुती क्याह्ल्सा न्हरु ह्युल्स हुँदै कहोलसोथर सम्म आईपुग्दा र गुरुङ् संस्कार संस्कृती बारेमा बुझ्न यो पुस्तक सहयोगी बन्ने बिश्वास ब्यक्त गरिन् । बिमोचित पुस्तक सबै तमु समुदायले अध्ययन गर्नु पर्ने उनले बताईन्।

कार्यक्रममा बोल्दै तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद केन्द्रीय भाषिक सल्लाहकार एवं प्रथम क्येर्लो प्रकाशन तथा दोश्रो संस्करण सम्पादन सहयोगी अभिनउ बालनर्सिङ गुरुङ, सम्पादन सहयोगी खेमालिपी अभियान्त केन्द्रीय सल्लाहकार भिम गुरुङ, दोश्रो संस्करणका सम्पादन सहयोगी संस्कृति एवं भाषा अभियान्त ठाकुर जङ मोब्छे गुरुङ, लुम्बिनी प्रदेश अध्यक्ष खुम बहादुर गुरुङलगायतले पुस्तकको सफलताको शुभकामना दिए ।

३५४ पृष्ठ रहेको क्येर्लो (सृष्टि) क्येप पे पुस्तकको सम्पादक तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद रहेको छ । पहिलो संस्करण २०४६ सालमा निकालेको भएपनि पुनः त्यसैलाई परिमार्जित गरि दोश्रो संस्करणका रुपमा निकालिएको हो। बिमोचन कार्यक्रममा सम्पादन सहयोगीहरु बालनर्सिङ गुरुङ, डम्बर गुरुङ,मोहन गुरुङ भिम गुरुङ ,ठाकुर जङ म्होब्छे गुरुङ ,नवीन गुरुङ, माया गुरुङलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष बिमला गुरुङ्को अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ३८ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी