१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित


२४ आश्विन २०८१, बिहिबार  

117
Shares

रामपुर । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन । उनले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा यस्तो समस्या देखिएको छ ।

हर्दिनाथ जातको धानमा भने समस्या नदेखिएको उनले गुनासो गरिन। गत भदौको तेस्रो हप्ताबाट धानबालीमा समस्या देखिएको किसान पङ्गेनीले बताइन ।

“पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार÷पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन”, उनले भनिन । उनले हरेक वर्ष तीन रोपनी जग्गाबाट १६ मुरी धान उत्पादन लिँदै आएकी थिइन।

यस वर्ष पनि धेरै धान स्याहार्ने तयारीमा थिइन । तर धान नै नपसाएपछि उनी चिन्तित छिन्। लामो समयदेखि कृषि गर्दै आएकी निरमायाले यस्तो समस्या पहिलो पटक देखापरेको बताउँछिन् । “धान उत्पादन गरेर घरखर्चका लागि बिक्रीसमेत गर्ने गर्थे, यसपटक पनि समयमा नै वर्षा भयो, बोट राम्रो थियो, राम्रो धान फल्ने भयो भनेर खुसी भएको थिएँ, तर धानमा रोग लागेर पसाउनै सकेन”, उनले भनिन, “खनजोत, बीउ खरिद, गोडमेल गर्दा धेरै खर्च लागेको छ, सबै लगानी माटोमा विलिन भयो ।”

विजयपुर कृषि सहकारी संस्थाको समन्वयमा रामपुरमा धानको बीज वृद्धि कार्यक्रम चलिरहेको छ । बीज वृद्धिका लागि लगाइएका धानमा समस्या देखिएको छ । धानबालीमा भुरुरर उड्ने भुसुना जस्तो किरा पातमा छपक्कै बसेर पात चुसेर खाने, अनि बोट पहेँलिँदै जाने समस्या देखिएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी बताउँछन् ।

केही ठाउँमा मल, विषादी प्रयोग गरेपछि नियन्त्रणमा आएको छ भने केही ठाउँमा मल, विषादी राखे पनि नियन्त्रणमा आउन नसकेको उहाँले जानकारी दिए। हर्दिनाथ जातको धानमा खासै समस्या छैन, सावित्री जातको धानमा लगभग सबैमा समस्या देखिएको अध्यक्ष रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष धानमा समस्या देखिकाले उत्पादन घट्ने भएको छ । सहकारीले सावित्री र हर्दिनाथ जातको करिब १५ हेक्टर क्षेत्रफलमा सात मेट्रिकटन बीउ उत्पादन गर्नेगरी धान लगाएको छ ।

जिल्लामा सबैभन्दा धेरै रामपुर नगरपालिकामा धानबालीमा समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताए । विशेषगरी रामपुरको वडा नं ५ र ६ मा धानमा रोगको समस्या बढी छ । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचारपश्चात् क्रमिक रूपमा सुधार भएको उनले बताए।

“पहेँलो देखिएका धानबालीमा अहिले समस्या बढेको छैन, कृषि शाखाको समन्वयमा कृषि ज्ञानकेन्द्रले कृषकलाई विषादी वितरण गरेको छ, समस्या देखिएका स्थानमा कृषि प्राविधिकले अवलोकन गरी विषादी राख्न सुझाव दिइएको छ”, उनले भने।

धानबालीमा देखिएको सेतो पुतली जस्तो देखिने किराले पात चुसेर खाने, बोट नै सुक्ने समस्या देखिएको हो । जिल्लाको अन्य स्थानमा कम समस्या देखिए पनि रामपुर नगरपालिकामा भने जोखिम धेरै देखिएको छ । धान पसाउने समयमा पहेँलो हुने र सुक्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता बढेको कृषकको गुनासो छ ।

रामपुर नगरपालिकाभित्र करिब एक हजार सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । करिब छ सय हेक्टरमा यस वर्ष धानबालीमा समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउँछन् । समस्या देखिएका कृषकका खेतबारीमा पुगेर स्थलगत अवलोकन गरी विषादी वितरण गरिएको उनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ११ : २९ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा