२९ चैत्र २०८२, आइतबार | April 12, 2026

के रतन टाटाको मृत शरिर गिद्दलाइ खुवाउन लागिएको हो ?



मुम्बई । बरिष्ठ व्यापारी रतन टाटाको बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ । उनको आज दिउँसो ४ बजे मुम्बईको वर्लीमा अन्तिम संस्कार गरिने छ । रतन टाटा पारसी समुदायका थिए तर अझै पनि उनको अन्तिम संस्कार पारसी धर्म संस्कार अनुसार गरिने हो कि हिन्दू संस्कार अनुसार गरिने हो ? यसमा मानिसहरुको कौतुहलता छ ।

पारसीहरूको रीतिरिवाज र परम्परा पूर्ण रूपमा फरक छ । पारसी समाजमा अन्त्येष्टि गर्ने चलन हिन्दू र मुस्लिमको भन्दा कसरी फरक छ, हामी तपाईलाई बताउँछौं ।

पारसीहरूले कसरी गर्छन् मृतकको अन्तिम संस्कार ? 

पारसीहरू न हिन्दूले जस्तै जलाउँछन्, न त मुस्लिमले जस्तै गाड्छन् । उनीहरुको अभ्यास दुवै भन्दा फरक छ । वास्तवमा यो समुदायले मानव शरीरलाई प्रकृतिले दिएको उपहार हो, जुन मृत्युपछि फिर्ता गर्नुपर्छ भन्ने विश्वास राख्छन ।

संसारभरका पारसी समुदायले एउटै भावनाका साथ शवको अन्तिम संस्कार गर्छन् । शव टावर अफ साइलेन्समा राखिन्छ । त्यसपछि शवलाई गिद्धको जिम्मा लगाइन्छ ।

टावर अफ साइलेन्स भनेको के हो ?

टावर अफ साइलेन्स अर्थात् प्रकृतिको काखमा । पारसी समुदायका मानिसहरुले आफ्ना प्रियजनको शव प्रकृतिको काखमा छाडेर जाने गर्छन् । यिनैलाई दख्मा भनिन्छ । यो समुदायमा यो परम्परा शताब्दीयौं पुरानो हो। यो मृत शरीरलाई टावर अफ साइलेन्समा राखे पछि गिद्धले खान्छ ।

तर नयाँ पुस्ताका पारसीहरू अन्त्येष्टिको यो अभ्यासमा खासै विश्वास गर्दैनन् ।

रतन टाटाको अन्त्येष्टि कसरी हुन्छ ?

जानकारीका अनुसार रतन टाटाको दाहसंस्कार पारसी अनुसार नभई हिन्दु संस्कार अनुसार जलाएर गरिने भएको छ । यसअघि उनका लागि करिब ४५ मिनेट प्रार्थना गरिने छ । र, पारसी समुदायले बनाएको विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिनेछ ।

यो समुदाय इरानवाट भागेर ७ औं शताब्दीमा भारत आएको मानिन्छ । मुस्लिम धर्म परिवर्तन गर्न अस्विकार गरेकाहरु भागेर भारत आएको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ४ : १२ बजे

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः