१५ असार २०८३, सोमबार | June 29, 2026

नेपालगन्जमा हिन्दु मान्यजनले लगाईदिए मुस्लिम आफन्तलाई टीका र जमरा



नेपालगन्ज । बाँकेको नेपालगन्जलाई सदभावको शहरकारुपमा पनि चिन्ने गरिन्छ । कहिलेकाहीं नेपालगन्ज बाहिरका घुसपैठियाहरुले नेपालगन्जको सदभाव बिथोल्न खोजेपनि यहाँका स्थानीयहरुको भाइचारा भने अदभूत मेलमिलापपूर्ण रहेको छ ।

घर ब्यवहारमा मेलमिलाप मात्र होईन नेपालगन्जमा चाडपर्वमा देखिने मेलमिलाप पनि गहिरो र स्मरणीय छ । हिन्दु धर्म मान्ने स्थानीयबासी मोहर्रममा घरमा ताजिया सजाएर धार्मिक एकतामा सहभागी हुन्छन् भने मुस्लिम अगुवाहरु दसैंमा मान्यजन हिन्दु अगुवासँग टीका थापेर सदभाव प्रकट गर्दछन् ।

यसवर्षपनि नेपालगन्जका मुस्लिम अगुवा तथा बाँके युनेस्को क्लवका संरक्षक प्रवेजअलि सिद्दिकी हिन्दु सासुआमाको हातबाट टीका थाप्न पुगे । निधारभरी अक्षताको टीका र कानमा जमरा सिउरिँदा उनलाई गर्व महसुस भयो । ७३ वर्षिया सासुआमा मन्तुरिया थारुको हातबाट टीका र जमरा लगाउँदा उनलाई सासुआमाले लामो आयु र सुस्वास्थ्यको आशिर्वाद दिईन् । आफुभन्दा ठुलो मान्छेको आशिर्वाद लिन कुनै धर्मले बर्जित नगरेको सिद्दिकी बताउँछन् । उमेरले, नाताले र कर्मले ठुला मान्छेहरुसँग आशिर्वाद लिन र सम्मान प्रकट गर्दा धर्मको रक्षा हुने उनको तर्क छ । बिगत ३६ वर्षदेखि सिद्दिकीले हरेक वर्ष दसैंमा टीका लगाउँदै आएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि यसवर्ष दसैंको टीका लगाउने परम्परालाई दहोर्याए । अहिल्ला वर्षहरुमा जस्तै उनले आफ्नो मनको नाताले दिदी बनाएका आफन्त र मान्यवरबाट टीका र जमरा थापे । विगत लामो समयदेखि मन्सुरीले दसैं र तिहारमा हिन्दु आफन्तसँग टीका लगाउँदै आएका छन् ।

नेपालगन्जमा मुस्लिम समुदायका अगुवाले आफुले मानेको हिन्दु दिदीबहीनीको हातबाट भाइटीका पनि लगाउने गर्दछन् ।

धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाउने गरेको प्रवेजले बताए । उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए ।

 

 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ६ : ३७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै