३ चैत्र २०८२, मंगलबार | March 17, 2026

जलेश्वरमा दुर्गा मूर्ति विसर्जन



महोत्तरी । बडादशैँको अवसरमा यहाँको जलेश्वर नगरपालिका-२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा विसर्जन गरिएको छ ।

दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई बरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए । दुर्गा चोकबाट छट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई बुद्धीजीवीचोक, जिरोमाइल चोक, अस्पतालचोक, साहुजीपट्टी, नगरपालिका चोक, शङ्करचोक हुँदै नगर परिक्रमा गरी बरुण सरोवर पु(याइ सेलाइएको हो ।

दुर्गा मूर्ति विसर्जनका क्रममा हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै रणभीम गणका नेपाली सेनाको सहयोगमा पानीमा सेलाइएको अध्यक्ष चौधरीले जानकारी दिए । बडादशैँको दश दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवीदेवतालाई आज बिहान पुनः पण्डित ललित झा र पूजाकर्ता रामजीवन साहले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा विसर्जन गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ६ : ३४ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण