१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

कोहलपुरमा हत्या गरिएका कामीको टाउको भेटियो, टाउको काट्ने भेटिएन



नेपालगन्ज । बाँकेको कोहलपुरमा घाँटी रेटेर हत्या गरिएका चन्द्रबहादुर कामीको टाउको फेला परेपनि हत्यामा संलग्न ब्यक्ति भने अज्ञात रहेको छ । मृतक कामीको टाउको चार सय मिटर टाढा अनिता परियारको घरमा रहेको सेफ्टीट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ८, पिपिरीमा ४० वर्षीय कामीको शनिबार राती हत्या गरिएको थियो । हत्याराले कामीको टाउको लिएर गएका थिए ।

घटनास्थलदेखि करिव चार सय मिटर टाढा अनिता परियारको घरमा रहेको सेफ्टीट्यांकीमा कामीको टाउको फेला परेको ईलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए । टाउको भेटिएको घर प्रहरीले हत्यामा संलग्न रहेको आशंका गरेको अनिल परियारको बहिनी पर्नेको घर भएको प्रहरीले जनाएको छ । शव फेलापरेदेखि नै स्थानीय परियार फरार छन् ।

पिपिरीचोकदेखि करिव दुई सय मिटर पूर्वमा रहेको शितलनगरमा कामीको हत्या गरिएको थियो। घटनास्थल नजिकको सरस्वतीचोकमा रहेको सीसी क्यामेरामा एक युवकले कालो प्लास्टिकको झोलामा टाउको बोकेर गएको देखिएको थियो ।

प्रहरीले फरार अनिलमाथि शंका गरेपनि हत्यामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । घटनाको गम्भीर अनुसनधान भइरहेको बाँके प्रहरी प्रवक्ता आयुस जोशीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ९ : ३० बजे

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी