२० बैशाख २०८३, आइतबार | May 3, 2026

पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल



पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादशैँ पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । बडादशैँ मनाएर सकिएपछि बिदाको दिनमा घुम्ने प्रचलन बढेसँगै आइतबारदेखि नै पर्यटकको चहलपहल उल्लेख्यमात्रामा बढेको हो ।

विभिन्न सङ्घसंस्थामा अवलोकन भ्रमणको गन्तव्य पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

दशैँ तिहारजस्ता चाडबाडका कारण पर्यटक बढी भित्रिएका हुन् । सरकारी वा सार्वजनिक बिदालाई पछिल्लो समय नेपालीले घुमघाम र मनोरञ्जन लिएर बिताउन थालेका छन् । हिउँदयामसमेत सुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् ।

विगतका वर्षमा आन्तरिक पर्यटकमात्र आउने कुश्माका पर्यटकीयस्थलमा पछिल्लो समय बाह्य पर्यटकको सङ्ख्या बाक्लिन थालेको होटल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए । पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन् । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधा सम्पन्न होटल थपिन थालेका छन् । मुस्ताङ तथा उपल्लो मुस्ताङ र कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए ।

मुस्ताङ जाने पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालकसमेत रहेको उनले जानकारी दिए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलबस्तुलगायत क्षेत्रबाट शैक्षिक सङ्घसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घसंस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउनेक्रम बढ्दो रहेको उनले बताए । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ जाने गरेको होटल व्यवसायीको भनाइ छ ।

दशैँ लगत्तै सदरमुकामका होटल भरिभराउ रहेको जनाइएको छ । बञ्जीजम्प र जीपलाइनमा एक हप्ताअघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकहरुले बताएका छन् । अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको भए पनि यतिबेला लामो सरकारी बिदा भएकाले नियमित जसो भीडभाड हुन थालेको होटल व्यवयायी सुनीलसिंह बानियाँले जानकारी दिए ।

यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्यमात्रामा आउन थालेको होटल व्यवयायी राजु कार्कीले बताए । दैनिक एक सयभन्दा बढीले बञ्जी तथा स्वीङ गर्ने गरेको र त्यसकै हाराहारीमा पिङ, रक क्लाइम्बिङ, साइक्लिङ गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १० : ३६ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर