१८ चैत्र २०८२, बुधबार | April 1, 2026

पशुपतिनाथको जग्गामा मारवाडी सेवा समितिको गिद्दे नजर : क्षेत्र विकास कोष

गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई छैन



काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिस्थित गौशाला धर्मशालाको ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको आरोप लगाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई नभएको जनाउँदै शक्तिकेन्द्रमा धाएर पशुपतिनाथको जग्गा प्राप्त नहुने स्पष्ट पारेको छ ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगर बीच यही असोज २२ गते सहमति भई महानगरलाई व्यवस्थापनको अधिकार दिएको पनि कोषले स्पष्ट पारेको छ । ‘भगवान पशुपतिनाथको जग्गा जोगाउन पशुपति विकास कोष सिंगो रुपमा उभिएको छ,’ पत्रकार सम्मेलनमा कोषका पदाधिकारीले एकस्वरले भनेका छन्। पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने उल्लेख गर्दै कोषले शटर भाडामा लगाउन अधिकार मारबाडी सेवा समितिलाई नभएको जनाएको छ । धर्मशालाको शटर वषौंदेखि मारवाडी सेवा समितिले भाडामा लगाउँदै आएको छ ।

सर्वोच्च अदालतको फैसला बमोजिम मारबाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको पनि कोषले स्पष्ट पारेको छ । मारबाडी सेवा समितिबाट वार्षिक ५१ हजार रुपैयाँ धर्मशाला सञ्चालन गरेबापत कोषमा उपलब्ध गराउने विगतमा दुई पक्षको सहमति भएपनि सम्झौता अनुसार रकम उपलब्ध नगराएको र सम्झौतामा भाडादर पुनरावलोकन हुने व्यवस्था भएपनि मारवाडी सेवा समिति लागि तयार नभएको कोषले जनाएको छ ।

मारवाडी सेवा समितिले मोहीयानी हक रहेको दाबी गरेपनि त्यसमा प्रमाण नपुग्ने दाबी गर्दै कोषले मोहीयानी हक दाबी गर्ने आधार समितिसँग नभएको जनाएको छ ।

२३ असोजमा महानगरले मारबाडी सेवा समितिले रोखेको बोर्ड हटाएको थियो । मारवाडी सेवा समितिले अदालतबाट मुद्दाको पूर्णपाठ नआएसम्म आफुहरुले धर्मशाला खाली नगर्ने तथा आफुहरुलाई पुनराबेदनको अधिकार रहेको जनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ३ : ५० बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध