७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला


१ कार्तिक २०८१, बिहिबार  

1.4k
Shares

बाँके । जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् ।

जिल्लास्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन करोड बढी आम्दानी गरेको राप्तीसोनारी गाउँपालिीका–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिब्या गुरुङले जानकारी दिइन ।

“दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीको लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री गर्ने गरेका छौं”, व्यवस्थापक गुरुङले भनिन, “यो वर्षको दसैँमा खसीबोका बिक्री अपेक्षा गरेभन्दा बढी भएको छ, अब तिहारमा पनि सोही गतिमा बिक्री गर्ने हुने ठानेका छौँ ।” राप्तीसोनारीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ३३ लाख दुई हजार दुई सय १० बराबरका दुई सय २२ खसीबोका बिक्री भएका छन् ।

यसैगरी दसैँमा दीपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९३, रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९६ परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ३० खसीबोका बिक्री भएका छन् । दसैँमा सबैभन्दा बढी राप्तीसोनारी–२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । जननीले दुई सय ८१ खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिए।

प्रबन्धक खत्रीका अनुसार यो दसैँमा बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ५७, अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६९, कुसुम सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९८, सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९६ र सङ्गीनी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९२ खसीबोका बिक्री भएका छन् ।

यसैगरी राप्तीसोनारी–९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९५, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ४०, सशक्तिकरण सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ७० र बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ४७ खसीबोका बिक्री भएका हुन् । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यो वर्षको दसैँलाई लक्षित गरेर दुई सय ५० खसीबोका बिक्रीका लागि तयार गरेकोमा दुई सय २२ खसीबोका बिक्री भइसकेका छन् ।

विगतमा बाँकेका महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौलेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिब्या गुरुङको भनाइ छ । पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् ।

गाउँमा महिला समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झण्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताइन । अन्य समयमाभन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमानै बढी बिक्री हुने गरेको गुरुङले बताइन । हाल सहकारी आबद्ध किसानसँग रु पाँच सय २५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु १० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन । सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यवसायीका बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋण पनि उपलब्ध गराउँदै आएको छ ।

राप्ती सोनारीमा वन क्षेत्र बढी भएका कारण यहाँका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । बाँकेका बाख्रापालक किसान महिलाले हुर्काएका खसीबोकाको बजारीकरणमा हेफर इन्टरनेशनललगायत सङ्घ संस्थाले सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भरतर्फ उन्मुख भएका राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन चौधरीले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ९ : ५१ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली